जेठ १७ काठमाडौँ– विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले सिजेरियन सेक्सन ९सी सेक्सन० अर्थात् अपरेसन गरी बच्चा जन्माउने कार्यलाई बढीमा १५ प्रतिशतमा सीमित राख्न अपिल गरेको छ । उसले १० अप्रिल २०१५ मा विज्ञप्ति जारी गरेर आवश्यकतामा मात्रै सी सेक्सन गर्न र अनावश्यक अपरेसन नगर्न सुझाएको छ । इन्टरनेसनल हेल्थ केयर कम्युनिटीले पनि सन् १९८५ मै सी सेक्सनलाई १० देखि १५ प्रतिशतमा सीमित राख्न सुझाएको थियो । तर, विश्व स्वास्थ्य संगठनको अपिललाई पाखा लगाउँदै नेपालका निजी अस्पतालको सी सेक्सन दर हेर्ने हो भने कहालीलाग्दो देखिन्छ । अझ देशकै राजधानी काठमाडौँका केही निजी अस्पतालको सी सेक्सन दर त ९३ प्रतिशतसम्म पुगेको छ । आर्थिक वर्ष २०७१र०७२ मा काठमाडौँ जिल्लामा २५ हजार ४ सय ६२ महिला सुत्केरी भए ।
सुत्केरी भएकामध्ये ३६ प्रतिशत महिलाले अपरेसन गरेर बच्चा जन्माएका छन् । तथ्यांकअनुसार २५ हजार ४ सय ६२ महिला सुत्केरी हुँदा ९ हजार १ सय ९२ महिलाले अपरेसन गरेर बच्चा जन्माएका हुन् । यो तथ्यांक सरकारी अस्पतालले सुत्केरी गराएकोसमेत जोड्दा हुन आएको सरदर प्रतिशत हो । निजी अस्पतालको मात्रै सी सेक्सन हेर्ने हो भने काठमाडौँमा ४८ प्रतिशत सी सेक्सन डेलिभरी छ । सामान्य प्रकृतिले सुत्केरी हुन नसकने अवस्था आएमा मात्रै अपरेसन गरेर बच्चा जन्माउनुपर्ने हो । अध्ययनअनुसार विश्वमा अपरेसन नै गर्नुपर्ने अवस्था एक सय महिला सुत्केरी हुँदा ५ देखि १० जनामा मात्रै आउने देखिन्छ । तर, नेपालमा भने विभिन्न कारणले सिजेरियन सेक्सन गरी बच्चा जन्माउने पद्धति डरलाग्दो तवरबाट भइरहेको छ । कस्तोसम्म भने गर्भवती महिलाले आपूm सुन्दरी भइरहनका लागि मात्रै होइन, प्रसव पीडा नझेल्नसमेत बिरामी वा बिरामीको आफन्तको आग्रहमा अपरेसन गरेर बच्चा जन्माउन थालिएको छ ।
कस्तो अवस्थामा गर्नुपर्छ सी सेक्सन डेलिभरी ?
सामान्य अवस्थामा बच्चा जन्माउनका लागि अपरेसन नै गर्नुपर्दैन भन्छन् प्रसूति गृह निर्देशक प्रा।डा। जागेश्वर गौतम । तर, कम वा बढी उमेर, बच्चा उल्टो भएमा, पहिले पनि अपरेसन गरी बच्चा जन्माएको भएमा, मुटुरोग, एचआइभी एड्स आदि रोग लागेको भएमा अपरेसन गरी बच्चा जन्माउनुपर्ने हुन सक्छ ।
गर्भवती र परिवारको चाहनामा सी सेक्सन डेलिभरी ?
सम्भव भएसम्म सामान्य प्रकृतिबाटै बच्चा जन्माउनुपर्छ । केही जटिल देखिए चिकित्सकको सल्लाह र आवश्यकतामा अपरेसन गरेर बच्चा जन्माउनुपर्ने हो । तर, नेपालमा त चिकित्सकको सल्लाहभन्दा पनि गर्भवती महिला, उनको श्रीमान् वा परिवारको चाहनामा अपरेसन गरेर बच्चा जन्माउनेक्रम बढ्दो रहेको प्रा। डा। गौतमको भनाइ छ । गत आर्थिक वर्षमा परोपकार प्रसूति गृह अस्पतालमा १५ हजार ३ सय १९ महिला सुत्केरी भएका थिए । जसमध्ये ४ हजार ४ सय १७ जनाको अपरेसन गरी बच्चा जन्माइएको थियो । जुन कुल संख्याको २८ दशमलव ८३ प्रतिशत हो । सरकारी अस्पतालमा २८ प्रतिशत सी सेक्सन डेलिभरी भए पनि निजी अस्पतालामा यो संख्या निकै बढी छ । यतिसम्म कि निजी अस्पतालले त कुल संख्याको ९३ प्रतिशतभन्दा बढी अपरेसन गराएर बच्चालाई जन्म दिएका छन् । स्वास्थ्य सेवा तथा सुविधाको दृष्टिकोणले देशभरिको सिजेरियन सेक्सन दर ८ प्रतिशतको हाराहारीमा छ । तर, काठमाडौँमा भने सरकारी अस्पतालमा २८ र निजीमा करिब ४८ प्रतिशतको हाराहारीमा छ । अझ ठूला भनिएका निजी अस्पतालको सिजेरियन सेक्सन दर ५० प्रतिशतभन्दा बढी नै छ । नेपाल विश्व स्वास्थ्य संगठनको सदस्यराष्ट्र हो । यसको अर्थ विश्व स्वास्थ्य संगठनले तोकेको मापदन्ड र नियम यस देशले पनि मान्नुपर्छ । तर, यो वा त्यो बहाना र लहडमै यतिबेला सिजेरियन डेलिभरी वा अपरेसन गरी बच्चा जन्माउने विधिमा व्यापक वृद्धि भइरहेको छ, जो आमा र बच्चा दुवैका लागि खतराको सूचकसमेत हो ।
रातो पाटीबाट
