रेखा मगर
दाङ, १८ जेठ
दाङमा रुकुम यातायात प्रालीको वसमाथि केहि युवाहरुले तोडफोड गरेका छन ।rukum-yatayat नेपालगन्जवाट रुकुमका लागी छुटेको ना ५ ख १८३४ नं को वसमा तुलसीपुर–अमेलिया सडकखण्ड अन्र्तगत बबईपुल अगाडी हिजो राति तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङको अमेलियावाट सोही गाडीमा चढेका ३ जना युवाहरुले गाडीवाट ओर्ले लगत्तै सोही वसमा ढुंगा प्रहार गरेका हुन ।

तोडफोडवाट गाडीको सिसा फुटेपनि मानवीय क्षति भने नभएको प्रहरीले वताएको छ ।
गाडी तोडफोडमा संलग्न ति युवाहरु फार रहेको र खोजीकार्य भइरहेको वताइएको छ ।।