इन्द्रेणी संवाददाता
दाङ, १८ जेठ
देउखुरीको सतवरीयामा युवाहरुको ढुंगा प्रहारवाट एक जना घाइते हुनुभएको छ ।सतवरीया १ वनगैमा हिजो वेलुकी ५÷६ जनाको समुहमा रहेका युवाहरुले स्थानीय ४४ वर्षिय रबिलाल कसीको घरमा ढुंगा प्रहार गरेका थिए ।
घरमा रहनुुभएका केसीको टाउकोमा ढुंगा लाग्दा घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रेम खड्काले जानकारी दिनुभयो । घाइते केसीको राप्ती उपक्षेत्रीय अस्पताल घाराहीमा उपचार भइरहेको छ ।
ढुंगा प्रहारमा संलग्न युवाहरुको खोजीकार्य थालिएको प्रहरी निरिक्षक खड्काले जानकारी दिनुभयो । ति युवाहरु अराजक गतिविधिमा संलग्न रहदै आएको प्रहरीले वताएको छ ।।