इन्द्रेणी संवाददाता
घोराही, १८ जेठ
युवाहरुका लागि द्वन्द्व समाधान र शान्ति स्थापना सम्वन्धि तीन दिने नगरस्तरिय तालिम आजदेखि घोराहीमा शुरु भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस दाङको आयोजनामा तालिम शुरु भएको हो । feature

हरप्लेस दाङका कार्यक्रम संयोजक विनोद केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले समाजमा द्वन्द्व व्यवस्थापन गर्दै शान्ति स्थापना गर्नकालागि युवाहरुको महत्वपुर्ण भुमिका रहने बताएका थिए ।

आर्थिक विपन्नतका कारण घरदेखि समाजसम्म द्वन्द्व हुने गरेको भन्दै बक्ताहरुले समाजमा शान्ति कायम गर्नका लागि गरिवीको अन्त्य हुनुपर्ने बताए । तीन दिनसम्म चल्ने तालिममा समाजमा द्वन्द्व कसरी हुन्छ, द्वन्द्वले समाजमा पार्ने प्रभावका साथै द्वन्द्वको व्यवस्थापनमा युवाहरुको भुमिकाका विषयमा युवाहरुलाई प्रशिक्षण दिइने छ ।

तालिमको प्रशिक्षकमा हरप्लेसका संयोजक विनोद केसी, कुलविर चौधरी लगायतका रहनुभएको सन्तोष दहितले जानकारी दिनुभएको छ । तालिममा घोराही नगरपालिकाका ११ वटा वडाका २२ जना बढि युवाहरुको सहभागिता रहेको छ ।।