गोविन्द खड्का
घोराही, २६ माघ । सबैतिर देखिने, धेरै बाट चिनिने र अरुकाममा अगुवाई गर्नेहरु सरसफाइमा भने आलोचित हुन थालेका छन् । टोल परिचालन गर्न नसक्ने अगुवाहरुले फोहरीको विल्ला पहिरीनु परेको धेरै सर्बसाधारण बताउ छन् ।
टोलको बैठक कहिल्यै बसेको छैन । यीनीहरुले के सामाजिक काम गर्लान नया सडक टोलविकास क्षेत्रका एक वासिन्दाले भने । लाख हालेको सोलार बलदैन, त्योत्रो पैसा उठाएको ग्रिन्वेल्ट कसलाई वेचि खाए । सडकमा फोहर थुपारेर घिनलाग्दो वेथिति छ । यस्तालाई अगुवा कसरी भन्ने ? तिनले सोधे । कामै नगर्ने अगुवा हुनुभन्दा त त्यो पद अरुलाई दिए हुन्थ्यो नि ?
थोरै बाहेक कल्पुधरमशाला घोराहीको सर्टरमा पसल तथा व्यवसाय गर्नेहरु संग डस्टिविन भेटिन्न । तिनिहरुले सा“झ पसल बन्द गर्दा भित्रको फोहर बढारेर बाहिर फाल्छन् । बिहान सम्म छितरीएर प्लाष्टिक र गत्ताको सोत्तर बनेको हुन्छ । खेरखार पारेर नगरपालिकाका सरसफाइ कर्मचारीले उठाउछन् ।
केहि जेन्स पार्लरहरु छन् । त्यहा पान चपाउने र थुक्ने धेरैजनाले गर्छन् । उनिहरुका निरन्तर आउने थुकले कालो सडक रातै बनाएको हुन्छ । कालोपत्रे सडकमा लाजै नमानि प्याच्च थुक्छन् । ठुलो लगानी गरेर बनेको पक्कि सडकमा कुनै वास्ता छैन । जसका कारण थुक्ने थुक्दानीमा बदलिएको जस्तै देखिन्छ । न त त्यस क्षेत्रका विरुवाको नै संरक्षण र हेर विचार गरेको देखिन्छ ।
त्यस संगै नेपाल बैंक देखि दामोदर चोक सम्मका सबैजसो पसल तथा होटलको फोहर र कचेरा सडकै भरी हुन्छ । घर अगाडिको सुन्दर कलस जस्तै फोहरका थुप्रा बसालिएको देखिन्छ । त्यो असभ्यता सबैले गर्दा यस्तै हो भन्नेमा बदलिएको छ । नगरपालिकाले आफ्नै भवनमा हेर्दैन अरुको के मतलब भन्ने तर्क गर्नेहरु पनि छन् । फोहरी बनेर त्यसले गर्न मिल्ने मैले गरेर के विराए भन्नु बुद्धिमानी होईन ।
आफुले डस्टिविनमा राखेपनि वरपरको क्षेत्रले नराखे सरह बनाईदिएको शाहि मेडिकलका धर्मेन्द्र श्रेष्ठको भनाई छ । उहाका अनुसार साझ सफा बनाएर बन्द गरेको मेडिकल वरपर विहान पख फोहरका थुप्रा भेटिन्छन् । कतिपय कचेरा त छितरीदै सर्टरमा कोचिनै आईपुग्छन् । घिन लाग्दो बातावरण सहनुपरेको छ । फोहर बाट बच्न आफ्नो पसलमा आउने ग्राहक एवं विरामीलाई सिन्को भर फोहर खसाल्न नदिएको बताउनुभयो । तर फोहरी भनेर आफ्नै क्षेत्रले गालि पाएको छ ।
वरपरको वातावरणमा परिवर्तन नआएको दृश्यले आफुलाई पनि असहज बनाएको राप्ती अञ्चल टक व्यवसायी समितिका अध्यक्ष यादव शाहले बताउनुभयो । केहिको संस्थापक र केहिको जिम्मेवार भएर विभिन्न संघ संस्थामा काम गर्नुहुने शाहले आफु बसेको क्षेत्र खिसि टिउरी गर्नलाईक हुनु नपर्ने वताउनुभयो । सिद्धपालु सप्लायर्सका सञ्चालक शाहले सबै संग छलफल गरेर सुधार्ने बचन दिनुभयो ।
यसो त दाङ उद्योग वाणिज्य संघले अघिल्लो बर्ष हराभरा सफा दाङ अभियान थालेको थियो । संघका अध्यक्ष हेमराज बञ्जाडेको नेतृत्वमा तुलसीपुर चोकमा उद्घाटन गरेर दामोदर चोकहुदै शहिद गेटसम्म बढारेको हो । त्यहि समितिका कोषाध्यक्ष मञ्जु बज्राचार्य पनि स्थानिय वासिन्दा हुनुहुन्छ । आफ्नै संघले घोषणाा गरेको अभियान व्यवहारमा नउतारेको पसल बाहिरका पोकाहरुले पुष्टि गर्छन् । यस विषयमा बुझ्न खोज्दा बज्राचार्यको फोन सम्पर्क हुन सकेन ।
संघका पुर्व अध्यक्ष चन्द्रराज पन्त पनि त्यहि टोलका वासिन्दा हुनुहुन्छ । नागरीक समाज दाङका सचिव समेत रहेका पन्तले व्यक्तिगत रुपमै भएपनि पहल गर्ने वताउनुभयो । आफ्नो क्षेत्र सफा नभए अरुका कुरा गर्न नसकिने पुर्व अध्यक्ष पन्तको भनाई थियो । कल्पु धर्मशालाका अध्यक्ष, टोलविकासका अध्यक्ष लगाएत संग छलफल गरेर सुधारमा लाग्ने पन्तको भनाई थियो । धेरै फेन्सीपसल, केहि जुत्ता चप्पल र होटेलहरु बाट निश्केको फोहर सडकमा थुपारीन्छ ।
कल्पु धर्मशालाको बारेमा कुनै पनि जानकारी नभएको नगरपालिकाले बताएको छ । छुटै समिति बनाएर जिम्मेवारी दिएकोले त्यहाको कमाई, लगानी, त्यहाका सर्टरले उठाउने भाडा कुनै पनी जानकारी नभएको सुचना अधिकारी प्रेम केसिले जानकारी दिनुभयो । भर्खरै सरुवा भएर आउनुभएका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटालाई कल्पुधरमशाला नगरपालिकाको हो भन्ने पनि थाह छैन ।
‘भर्खरै सोधेर सबैकुरा बुझ्छु’ अधिकृत सापकोटाले फोन सम्पर्कमा भन्नुभयो ‘तुरुन्तै पहल हुन्छ । सबैले साथ दिनुप¥यो । उहाले लाखौको कारोवार गर्ने, तिन चार तलाको घर बनाउनेले एउटा डस्टिविनमा फोहर संकलन गर्न दुख मान्न नहुने बताउनुभयो । सचेत एवं समाजका अगुवाले जिम्मेवारी लिनुभएको छ । अगुवाको पहल बाट डस्टिविन सहितका पसल र सडकमा कचेरा नभएको सुन्दरता हुनेनहुने व्यवहार भने हेर्न वाकि छ ।
