mira parsai
मीरा प्रसाइ

हरेक शिक्षण सस्था बाल मैत्रीपुर्ण हुनु जरुरी छ ! हरेक शिक्षण सस्थामा दक्ष परामर्शदाता हुनु जरुरी छ ! साथै सिकाइको माध्यम घोकाइ नभएर प्रयोगात्मक हुनु पर्दछ ! राजधानिको धुम्बाराही स्थित लुम्बिनी बिगनर्स एकाडेमीको कक्षा ९ मा अध्ययनरत छात्र सुदिप दाहाललाइ प्रधानाध्यापक सुरेश यादबले धेरै शिक्षकलाइ अनावश्यक प्रश्न सोधेर हैरान पारेको आरोपमा चरम यातना दिएको समाचार आयो ।

सुदिपको कम्मर मुन्तिरको भागमा छडिले कुटेको जस्तो देखिने निलडामहरु तलको तस्बिरमा प्रशस्त देख्न सकिन्छ । शिक्षालयमा शिक्षार्थी पिटिनु भनेको अति नै दयनिय र निन्दनीय कार्य हो । कर्पोरल पनिस्मेन्ट शारीरिक दङडसजाय हुनु हुदैन भनेर यो बन्द भइ सके पछि हरेक शिक्षण सस्थाहरु बाल मैत्रीपुर्ण हुनु जरुरी छ । २०६५ सालबाट बिध्यालय बालमैत्री हुनु पर्छ भनिए पछि शिक्षा मन्त्रालय मार्फत सस्थागत मापदण्ड निर्देशिका २०७० मा पनि उल्लेख भएको कुरा हो यो जुन कुरा शिक्षा नियमावलिमा समेत उल्लेख गरिएको छ ।

FB_IMG_1486413772865बिद्यार्थीका साथै शिक्षक पनि अनुशासनमा रहनु पर्छ । हरेक स्कुलमा शिक्षक अनुशासनको नियम तोकिनु पर्छ । हरेक स्कुलमा एकजना दक्ष परामर्शकर्ता अनिवार्य हुनु पर्छ जस्ले बिद्यार्थी सङग सम्बन्धित समस्या समाधान गर्न उचित सल्लाह दिन सकोस । हामी काहा अहिले मन्टेस्वरी शिक्षा प्रणाली पनि भित्री सकेको छ जस्ले प्रयोगात्मक शिक्षालाई जोड दिएर घोकाइबाट नभइ सिकाइबाट शिक्षा प्रदान गर्दछ ।

निजि स्कुलका अन्य सबै जसो स्कुलमा पढाइको गुणस्तर सरकारी स्कुलको भन्दा केही हद सम्म संतोषजनक नै भए पनि घोकेर पढाइने तरिका उपयुक्त होइन । शिक्षा मनोबिज्ञान भन्छू सिकाइका निम्ति प्रयोगात्मक सिकाइ हुनु जरुरी छ जस्ले सिकाइलाइ लङ टम मेमोरिमा लगेर भन्डार गरिदिन्छ र लामो समय सम्म बिद्यार्थीले सम्झिन सक्छन ।

घोकाइबाट सिकाएको कुरा सर्ट टम मेमोरीमा एउटा निस्चित अवधिका लागि भन्डार हुन्छ अनि त्यो अवधी पछि सिकाइ स्मृतिमा नभई बिस्मृतिमा धकेलिन्छ , र पढेको कुरा बिद्यार्थीले सजिलै बिर्सिन्छन । जस्तो कि , सिनेमामा बोलिने सम्बादलाइ तपाईं लेखेर पढ्न दिनुस बिद्यार्थीलाई, उसले त्यो सम्झिन समय लगाउला वा घोकेर सम्झिए पनि उसले केही अवधी पछि बिर्सिन्छ तर त्यही सम्बादलाइ मस्तिस्कमा चित्रण गरि बुझ्न वा सम्झिन सकियो भने त्यो सिकाइ लामो समय सम्म स्मृतिमा रहिरहन्छ । एस्तै बिबिध तनाबमय स्थितिका कारण ब्यक्तिले क्षणिक मानसिक सन्तुलन गुमाउन पुग्छ तर त्यसो हुदैमा आफुलाइ नियन्त्रण गर्न नसकेर बिध्यार्थी कुट्न पाइदैन । एस्ता प्रकृतिका घटनाले बिध्यार्थीहरु ट्रमामा जान सक्छन दीर्घकालीन असर पर्न सक्छ ।

एस्तै केसमा डिप्रेसनको सिकार भएर बिद्यार्थीले आत्महत्या गरेका घटना पनि समाजमा घटिरहेका छन । हामी अभिभावकहरु आफ्नो बच्चाको चेतना स्तर अभिबृद्धि र सुनौलो भबिस्यका खातिर महङ्गो शुल्क तिरेर अङ्ग्रेजी माध्यमको स्कुलमा पढ्न पठाउछौ । तर चेतना स्तर अभिबृद्धि गराई सुनौलो भबिस्य देखाउन सहयोगी भुमिका खेल्ने भनिएका शिक्षकको चेतना स्तर खै रु एस्तो अपराधिक चेतना स्तर भएका शिक्षकले कस्तो चेतना देलान बिद्यार्थीहरुलाई रु बिद्यार्थीहरु स्वाभाविक रुपले नै जिज्ञासु हुन्छन ।

विषय बस्तु प्रतिको जिज्ञासा मेटाउन र केही नौलो कुरा सिक्नकै लागि बिध्यार्थीहरु स्कुल जान्छन ।  बिध्यार्थीले धेरै प्रश्न सोध्यो  भन्ने अनावश्यक आरोप लगाएर बिद्यार्थी  कुट्नु भनेको अक्षम्य अपराध हो । कक्षा नौ मा पढ्ने बिद्यार्थीले सोधेको प्रस्नको जवाफ दिन नसक्ने शिक्षकको शैक्षिक योग्यता कति होला रु यो विषय आफैमा गम्भीर र प्रश्न सुचक छ । बिद्यार्थीले प्रश्न सोध्यो भन्दैमा बिद्यार्थीलाई निलडाम हुने गरि कुट्ने शिक्षक , शिक्षण पेशामा आबद्ध नभएकै राम्रो । केही महिना अगाडि अर्का कथित शिक्षक हिरा लामाद्वारा पनि एस्तै प्रकृतिको घटना घटेको थियो ।

रीस , आवेग र तनाब नियन्त्रण गर्न नसक्ने ब्यक्तिले शिक्षक पेशामा रहनु हुदैन । एस्ता अपराधिक मनोवृत्ति भएका शिक्षकलाइ के ( कस्तो कारबाही गरिनु पर्छ रु एस्ता घटना बारम्बार घटिरहेका छन काठमाडौ हाता भित्रै रहेका शैक्षिक सस्थामा भने हाम्रो देशका गाउगाउमा शिक्षकद्वारा कति धेरै बिध्यार्थीहरु पिडित होलान रु सुरेश यादव र हिरा लामा त बिकृत मनोबिज्ञान भएका प्रतिनिधि शिक्षक मात्र हुन । यो सोचनिय विषय बनेको छ । अचम्म लाग्छ , किन मौन छ सम्बन्धित निकाय ?

रास्ट्रीय मानव अधिकार आयोग , हेल्लो सरकार जस्ता सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस र अनुसन्धान तथा अनुगमनको कार्य अगाडी बढाइयोस । बिकसित देशका स्कुलमा अनिबार्य मनोविज्ञान पढाइन्छ अझ शिक्षक शिक्षिकाले त अनिबार्य रुपमा शिक्षा मनोविज्ञान पढेको वा शिक्षा मनोविज्ञानको तालिम लिएको हुनुपर्दछ । फितलो कानुन भएको हाम्रो देशमा सिफारिसका आधारमा शिक्षकको लाइसेन्स प्राप्त गर्न सकिन्छ । न नियम कानुन छ यहाँ न कुनै आवश्यक नै देखिएको छ ।

विदेशी स्कुलमा पढाउन बालमनोविज्ञानको अध्ययन वा तालिम नलिएका निवेदकहरूले आवेदन फारम भर्न नै पाउँदैनन । विदेशमा सैद्धान्तिक तवरले होइन प्रयोगात्मक तवरले पढाइन्छ । रिस , आवेग र तनाव नियन्त्रण गर्न नसक्नेले शिक्षण जस्तो संवेदनशील पेशामा रहनुहुँदैन । मनोविज्ञानले भन्छ ‘ रिस आवेग र तनाव नियन्त्रण गर्न नसक्ने शिक्षक , शिक्षक होइनन् । यस्तै घटनाहरुमा ज्यान गुमाएकाहरू पनि हाम्रो समाजमा प्रशस्तै छन् ।

समाजमा घट्ने यस्तै घिन लाग्दा घटनाहरूले पीडितको सामाजिक मनोबल गिराउनुका साथै व्यक्तिगत मनोविज्ञानमा समेत ठूलो असर पारेको हुन्छ । अन्धबिस्वासपुर्ण सामाजिक मनोविज्ञानले ग्रस्त भएका शिक्षकले देशका कर्णधारलाइ कस्तो शिक्षा देलान रु खोइ मानव अधिकार रु खोइ बाल अधिकाररु हाम्रो देशमा मनोविज्ञानको पढाइ अब हरेक तह अनुसार हुनुपर्दछ, तर बिडम्बना हाम्रो देशमा मनोविज्ञान विषय र यस्को विकास क्रम एउटै देखिन्छ , निद्राबाट ब्युँझिएर पुन निद्रामा परेपछि उठ्न नसकेको कुम्भकर्ण जस्तो १ सरकारीस्तरका सिमित कलेजहरूमा अध्ययन हुने मनोविज्ञान विषयलाइ वर्तमान अवस्थामा भने नीजि कलेजहरूले पनि प्राथमिकता दिन थालेका छन् जस्ले भोलीका दिनमा मनोबिदहरू उत्पादन गर्ने छ तर पनि मनोबिज्ञान विषय आफैमा महत्वपूर्ण हुदाहुदै पनि एसले अन्य विषय सरह राष्ट्रिय मान्यता पाउन सकेको छैन ।

शिक्षा विभागको कुशल प्रसाशकको अभावमा यो विषय पछाडी परेको छ जस्को प्रत्यक्ष असर शिक्षा मनोविज्ञान, स्वाथ्य मनोविज्ञान, बाल मनोविज्ञान , औधोगिक मनोविज्ञान, नैदानिकमनोविज्ञान ,खेलकुद मनोविज्ञान, परामर्श मनोविज्ञान आदी जस्ता क्षेत्रमा परेको छ यी क्षेत्रहरूमा मनोविज्ञानले विशेष स्थान ओगट्छ , तर बिडम्बना के छ भने मनोविज्ञानका कर्णधार अर्थात मनोबिद उत्पादन गर्ने विभाग जागरुक नहुँदा समाज अनि देशको यो दुर्गती भएको छ ।

मनोबिद र मनोचिकित्सकको अभावमा मनोरोगले ग्रस्त मानिसहरूले समाज सुधार गर्न सकेका छैनन् । मनोविज्ञान आफैमा एक व्यवहारिक विषय भएकाले एसले सैद्धान्तिक पक्ष भन्दा पनि प्रयोगात्मक पक्षलाइ जोड दिन्छ । डाक्टर , इन्जिनियर , पाइलट , वकिल बन्ने सपना मात्रै देख्छौं हामी किनकी यस्को बलियो आधार बनेको छ हाम्रो मानसपटलमा । यी विषयमा दक्षता हासिल गर्ने दक्षहरूको सामाजिक प्रतिष्ठा र आम्दानी ह्वात्तै बढ्ने लोभले पनि मानिसहरू यिनै विषय प्रति आकर्षित छन् । शिक्षा मनोविज्ञानको वर्तमान अवस्थाको सुधार कहिले होला रु हामी मध्ये धेरै अझै पनि मनोविज्ञान के हो र यस अन्तर्गत के के पर्दछन् रु भन्ने सामान्य बुझाइमै अल्मलिएका छौं ।

पाठ्यसामग्रीमा मनोविज्ञानको अनिवार्य परिचय र मनोचिकित्साको अपरिहार्यताका बारेमा थोरै मात्र पनि जानकारी समावेस गराउन सके भोलीका दिनमा मनोबिद र मनोचिकित्सकको उत्पादन हुने थियो, जस्ले शिक्षा मनोविज्ञान , स्वास्थ्य मनोविज्ञान र अन्य मनोविज्ञानका सबै पक्षमा सकारात्मक भुमिका निर्वाह गरेर समुन्नत समाज र समुन्नत देश निर्माणमा सहयोग पुग्ने थियो ।

टोलै पिच्छे ब्यापारिक प्रयोजनका लागि खुलेका जस्ता देखिने कलेजहरू अनगन्ती छन, जस्ले स्तरीय शिक्षा दिने बाहानामा विषय विशेषज्ञ र भौतिक पुर्बाधारको समेत ख्याल नगरी बाहिरी आबरण आकर्षक देखाएर बिध्यार्थीलाइ भ्रममा पार्ने गरेका छन्, तर तिनै कलेजहरूको भिडमा मनोविज्ञान पढाइ हुने कलेज भेट्टाउन अझै पनि मुस्किल छ , पढाइ हुने कलेजमा पनि परामर्शको अभावमा विध्यार्थी संख्या अत्यन्तै न्यून छ ।

सरोकारवालाहरूले मनोविज्ञानका क्षेत्रमा चासो दिएमा भोली उदाउने सुर्यले मनोविकार युक्त समाजको निर्माण गर्ने कुरामा दुविधा छैन । हाम्रो देशमा कुर्सीको राजनीति चल्छ । शिक्षाको घिन लाग्दो व्यापार चल्छ । जनस्वास्थ्य जस्तो गम्भीर पेशा प्रति राजनीति हुन्छ । नातावाद कृपावाद हावी हुन्छ अनि व्यापार हुन्छ । व्यारपारीको एकमात्र स्वार्थ नाफा हो , नाफामुखी व्यापारीलाई देशको के चिन्ता रु आफ्नो अनुहार मात्र अर्जुन दृस्टिले हेर्न तल्लीन नेताहरूको भरमा देशको गरिमा कहाँ सुरक्षित रहन्छ र रु सरकार १ हामीलाइ कानुन भएको अनुभुती होस न्यायोचित छनबिन गरि कामकारबाही अगाडि बढाइयोस र कथित प्रधानाध्यापक सुरेश यादवले सजाय पाओस ।

हाल :  बेलायत