गोविन्द खड्का
घोराही, ९ माघ । रुखका बुटामा सेतो रातो रंग पोतिएको छ । त्यो टल्किदा बिछट्टै सुन्दरता झल्किन्छ । एक छेउ बाट अर्को टुपा सम्म । छर्लङ्गै हेर्न मिल्छ अर्को आनन्द आउछ । आज भोलि घोराही नगरपालिका कार्यालय फेरिएको छ ।
त्यहाका सबै स्तरका कर्मचारीहरु चलाएमान छन् । अल्छिले हाई काढ्ने फुर्सद कसैलाई छैन । सुईपर हुन कि मालि कसैले पनि दिन धकेल्ने उपाए खोजनु पर्दैन । कोहि भित्रका कचेरा बाहीर ओसार पसार गरेका भेटिन्छन् । कतिले विरुवा छेककाट गरेको, गोड मेल गरेको खन खोसर भएको देख्न सकिन्छ । ‘बल्ला काम पाएछन् नगरपालिकाका कर्मचारीले सेवा ग्राहीको प्रतिकृया सुनिन्थ्यो ।
भवनको पश्चिम तर्फको बगैचा बाघ लुक्ने जस्तो थियो । त्यहा दुई वटा जेनेरेटरका टहराहरु देखिदैन्थे । गाडि राख्ने ठाउ कचेरा टुटेफुटेका सामान, विग्रेभत्केका बस्तु एवं लिलाम गर्दा नउठाएका थोत्राले भरिएको थियो । अघिल्लो बगैचामा सुन्दरता देखिए पनि पछाडि हेर्दा असुहाउदिलो थियो । अगाडि सफ ागर्ने पछाडि तिर फोहरको रास लगाउने बजारीया घर भन्दा भिन्न थिएन ।
यति बेला नगरपालिकामा छितरेर अस्तव्यस्त फालिएका ढुंगा एक ठाउमा थुपारीएको छ । त्यसलाई पनि चुना लगाएर चिटिक्क पारेको देखिन्छ । त्यस बाहेक कुनै फोहर र काम नलाग्ने बस्तुका थुप्रा छैनन् । अनावश्यक संरचनाहरु ह्टेका छन् । त्यसले बातावरण अस्त व्यस्त हुन बाट बचाएको छ । सफाईको नेतृत्व गरीरहेका अबस्थामा भेटिएका अर्जुन आचार्यले भन्नुभयो, ‘राम्रो भा छैन ?’ आफ्नै सकृयताले बदलिएको बातावरण प्रति दंग आचार्यले थप्नुभयो, ‘धेरे राम्रो भएको छ ।’
अघिल्लो महिनाको विस गते बाट शुरु भएको कार्यालय सफा गर्ने अभियान निरन्तर चलेको छ । ‘अझै जादैछन् ।’ आचार्यले थप्नुभयो, ‘अर्कै हुन्छ । गोडमेल गरीन्छ, मल हालिन्छ, सबै तिर सुन्दर बनाईन्छ ।’ उनिहरुका अनुसार यसरी सुधार गरीएको पहिलो पटक हो । धेरै कार्यकारी अधिकृतले मसिनो गरी ध्यान दिएनन् । नया कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा आएपछि कार्यालयमा चमक देखिएको छ । नजिकीदै गरेको स्थापना दिवसका लागि सिंगारीएको वा नया हाकिमको नौलो रुप भनेर अड्कल बाजी थालिएको छ । नगर सफा सुन्दर राख्नेहो भने नगरपालिका सदाबहार सफा रहुनु भने अनिवार्य छ । सबैतहका कर्मचारीको उत्तीकै सकृयता हुनपर्छ । धेरैको निष्कर्ष नगर पालिकाले फोहरीलाई कार्वाहि गरेको अब सुहाउने भयो भन्ने छ । आफु फोहर भएर अरुलाई के उपदेश दिनु र कुन नैतिकताले कार्वाहि चलाउनु ?
खुला दिसामुक्त अभियान चलाएको घोराही नगरपालिका पुर्ण सरसफाई चलाउने हैसियत राख्दैन्थ्यो । शौचालय बनाएको थियो त्यसको सहि प्रयोग देखिन्नथ्यो । शौचालयमा चप्पल, हातधुने सावुन, नियमित सफा थिएन । ‘सरसफाईमा प्रथम कहिल्यै आएन’ जिल्ला सरसफाई फोकल पर्सन तिलक न्यौपाने भन्नुभयो, ‘आफ्नो कार्यालय पुर्ण सफा घोषणा गरेर मात्रै अन्त निश्कनु पर्छ ।’ यसो त पुर्ण सरसफाइ अभियानका प्रशिक्षकको जिम्मेवारी नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कर्मचारीले लिन्छन् । अभियानको नेतृत्वगर्नेहरु आफै भने उदाहरणीय बन्न बाकि छ ।
