इन्द्रेणी संवाददाता
दाङ, २० पुस । विजौरी उद्योग वाणिज्य संघको आयोजनामा आज बुधवारदेखि विजौरीमा व्यापारिक तथा पर्यटन महोत्सव शुरु भएको छ । माघ १ गतेसम्म चल्ने उक्त महोत्सवको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडेले गरे ।
महोत्सव उद्घाटन गर्दै अध्यक्ष बञ्जाडेले यस्ता व्यापारिक तथा पर्यटन महोत्सवले दाङको व्यापार व्यवसायको प्रचारप्रसार हुनेका साथै पर्यटन प्रवद्धनमा टेवा पु¥याउने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उवासंघका अध्यक्ष विमल रिजालले महोत्सवको सफलताको शुभकामना दिए ।
महोत्सवमा विभिन्न १ सय ५० वढी स्टल रहेका छन् भने एक करोडको आर्थिक कारोवार हुने अपेक्षा गरेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले बताए । महोत्सव उद्घाटन अघि विजौरी बजारमा झाँकीसहितको ¥यालीको आयोजना गरिएको थियो ।
फोटोः शालिकराम मुसाफिर
