सन्तोष दहित
दाङ । दाङ त्रीपुर नागरपालिका–१, लमडुरुवाका बुझौना चौधरीलाई गाउँदेखि शहरसम्म सवैले ‘हुलाकी चौधरी दाई’ भनेर चिन्नेगर्दछन् । २०४५ सालमा हुलाकमा प्रवेश गरेका चौधरी निरन्तर २८ वर्षसम्म हुलाकमा आबद्धछन् ।

bujhuna-chaudhariउनी हुलाकमा जागिर सुरुवाटगरेदेखि विभिन्न ठाउँबाट हुलाकमा आएका चिठ्ठीपत्रको आफन्तहरु खोजिगर्दै गाउँ पुग्छन् । उनलाई घोराही नगरपालिका र हाल त्रिपुर नगरपालिकाका प्राय गाउँकाले चिन्नेगर्दछन्, । त्यसैलेहोला उनि बुझौना चौधरी भन्दा पनि ‘हुलाकी चौधरी दाई’ को रुपमा चिनिन्छन् ।

‘पहिलाको जमनामा न त फोन थियो, न त मोवाईल,–उनिभन्छन्, आफन्तहरुको खवर पठाउने, ल्याउने एकमात्र थियो, त्यतिबेलाको सञ्चार हुलाक ।’ ‘अहिले त धेरै सुविधा भैसकेको छ, घर–घरमा ल्याण्डलाइन फोन, हात–हातम मोवाईल, नेट, इन्टरनेट, विभिन्न डिजिटल पत्रपत्रिकाछन्, चौधरीले भने,–केहि खवर पठाउनु प¥यो या ल्याउनुप¥यो भने फोनगरे भइहाल्यो, देशमा के भैराछ भनेर इन्टरनेटबाट सूचना हेरेर सवै कुरा थाहाँ भैहाल्छ ।’ ‘पहिला हुलाकमा किन जाँगिर खाहुम्ला भन्ने लाग्थ्यो तर अहिले अरु जागिर भन्दा धेरै सजिलो हुलाकी जागिर छ, चिठ्ठीपत्रहरुपनि धेरै हुदैनन्, भए अफिसेलको हुन्छ, पहिला जस्तो घर घरमा जानुपर्दैन्, उनले भने ।’

५० वर्षिया चौधरी हुलाकीको जागिरेमा मात्र परिचित छैनन्, उनि हुलाकी जागिरे संगसंगै बैद्यको रुपमा पनि उत्तिकै चिरपरिचतछन्, । करिब साढे तीन दशकदेखि बैद्यको काम गर्दै आएका चौधरीलाई ‘चौधरी बैद्य दाई’ को रुपमा पनि उतिकै चिनिनेगर्दछन्, । १५ वर्षको उमेरदेखि आफुले बैद्य काम गर्दै आइरहेको चौधरी बताउछन्, । ‘सानोमा मेरो बुवा, बाजेले पनि बैद्यको काम गर्नुहुन्थ्यो, उहाँहरुको पछि–पछि म पनि जान्थे र संगसंगै सहयोग पनि गर्थे, चौधरीलेभने,–‘पछि म गर्दै जाँदा अहिले बैद्य पनि भइयो ।’

‘हाँत, खुट्टा, ढाँड मर्केकोलाई मालिस गरेर ठिक पार्छुभने, भाच्चीएको, फ्याक्चर भएका, हड्डी फुटेका विरामीलाई मालिस संगसगैं बेन्दिज गरेर जडिवुटिको ओषधिले ठिक पार्दै आइरहेका चौधरी बताउछन्, । ‘अहिलेसम्म निकै जटिल विरामीहरुको संख्या हेर्नेहो भने करिब ३ हजार भन्दा विरामीलाई ठिक पारिसकेको छु, चौधरीले भने,–सानतीना त कति हुन रेर्कड नै छैन ।’

साझँ विहान बैद्यको काम गर्छन भने, दिउसोँको समयमा जिल्लाको सदरमुकाम घोराहीमा रहेको जिल्ला हुलाक कार्यालमा । तर, उनलाई खोज्न विरामीहरु हुलाकको कार्यालयमा आउनेगर्दछन्, । ‘अफिसको काम एकछिन थाँति रोखेर भएपनि विरामीलाई सेवा गर्छु, चौधरीलेभने,–तर, अहिलेसम्म यो सेवा गरेको बाफत यति पैसा दिनुस, उतिदिुनस भनेर कहिलै भनेको छैन, स्वइच्छा जति दिनुहुन्छ, त्यतिलिन्छु, कसैले धन्यवाद दिनुहुन्छ त्यसैमा पनि खुशी हुन्छु ।’

‘मेरो काम भनेको सेवा गर्ने हो, मैले जानेको काम ब्यबहारमा लागु गरेको छु, उनलेभने– फेरी मेरो यो मुख्य पेशा पनि हैन, मैले जानेको कामले कसैको जीवन बन्छ भने किन सेवा नगर्ने भनेर अहिलसम्म यो काम गरिरहेकोछु ।’