शरद रेग्मी
दाङ, १२ पुस । दाङको तुलसीपुरमा संचालन भैरहेको क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाइ अभियानमा अवरोध गर्ने ८२ जना फोहोर गरे वाफत जरिवाना गरिएको छ ।

f2तुलसीपुर नगरपालीकाले विभिन्न स्थानका व्यवसायी, घरधनी, सरकारी कार्यालयहरु र संस्थाहरुलाई १९ औ हप्ताको सरसफाई अभियानसम्म नगदसहित जरिवाना गरिएको नायव सुव्वा खेमकान्त पाण्डेले जानकारी दिए ।

आज सबैभन्दा वढी फोहोर गरेको भन्दै सरसफाई टोलीले नेपाल टेलिकमको कार्यालय तुलसीपुरलाई पांच हजार जरिवाना गरेको छ । त्यस्तै अर्का व्यवसायी केशव वलीलाई ५ सय जरिवाना गरेको तुलसीपुर नगरपालिकाले जनाएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघ र तलसीपुर नगरपालिकाको मुख्य आयोजना एवं दर्जनौ सामाजिक संघसंस्थाको सहयोगमा जारी सरसफाइ अभीयानमा आज विरेन्द्र चौकदेखि सल्यान रोडको शिव मन्दिरसम्म सरसफाई गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिए ।