घोराही २८ मंसिर । दाङको घोराहीमा हुने सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा सक्रिय सहभागिताका लागि शिक्षा सम्बद्ध निकायहरुले सार्वजनिक अपिल गरेका छन ।
जिल्ला स्थित नेपाल शिक्षक महासंघ, हिसान, प्याब्सन र एनप्याब्सन दाङले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी शैक्षिक महोत्सबमा सहभागिताको लागि सार्वजनिक अपिल गरेका हुन । महोत्सबको मिति नजिकिदै गर्दा जिल्लाका सम्पुर्ण विद्यालय तथा विद्यार्थीहरुलाई सहभागि हुन अपिल गरिएको छ । विभिन्न शिक्षक संगठन, विद्यार्थी संगठनहरुले महोत्सबलाई सफल बनाउन सक्रिय बन्दै गरेको बेला शिक्षक महासंघका अमरबहादुर खड्का, हिसानका लक्ष्मणकुमार विसी, प्याब्सनका यादब गिरी र एनप्याब्सनका प्रकाश शर्माले सोमबार सयुक्त विज्ञप्ती जारी गरी घोराहीमा यहि मंसिर ३० देखि पौष ६ गते सम्म सञ्चालन हुने शैक्षिक महोत्सबमा सहभागि भएर बढि भन्दा बढि फाईदा लिन र महोत्सबलाई सफल बनाउन आग्रह गरेका हुन् ।
विद्यालयका विद्यार्थीहरुको ज्ञान, सिप, क्षमता र कलाको विकास गर्नको लागि महोत्सबले ठुलो सहयोग गर्ने भएकाले सम्पुर्ण विद्यालयहरुले आफ्ना विद्यार्थीलाई महोत्सबमा सहभागि बनाउन उनीहरुले आग्रह गरेका थिए ।
