तुलसीपुर २८ मंसिर । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मध्यपश्चिमाञ्चल क्षेत्रिय महिला तथा पुरुष ह्यान्डबल प्रतियोगिता दाङमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली बहादुर डाँगीको अध्यक्षता तथा क्षेत्रिय खेलकुद समितिका सदस्य तथा प्रतियोगिताका संयोजक प्रदिप खत्रीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उदघाटन गरिएको हो ।
दाङ र सुर्खेतका बिचमा सोमबार भएको उद्घाटन खेलमा दाङले १० का बिरुद्ध १५ गोलले जित हात पारेको छ भने दोश्रो खेलमा दैलेख र बाँके बिच भएको खेलमा बाँकेले ५का बिरुद्ध २३ गालेले जितेको छ । आज मंगलबार बिहान ८ बजे सुर्खेत र बाँके तथा दाङ र दैलेख बिच प्रतिष्पर्धा हुने प्रतियोगिताका एम्पायर छबि परियारले जानकारी दिए । चार जिल्लाका दुई महिला तथा चार पुरुष गरेर ६ समूह सहभागी प्रतियोगिता २९ गते सम्म चल्नेछ ।
प्रतियोगिताका एम्पायरहरुमा सन्देश रेग्मी, प्रकाश सुनार, सविन धौवडेल, मोहन केसी र छवि परियार रहेका छन् ।
