sweeter

दिपक बोहरा / वेलुवा २८ मंसिर ।   दिउसोको १ बज्नै लागेको थियो । जव जिल्ला शिक्षा अधिकारी रमेश प्रशाद मैनाली दाङको बेलुवामा रहेको रात्री प्राथामिक बिद्यालय बेलुवामा पुगे । तव त्यहाँ अध्यनरत बालबालिकाको अनुहारमा खुसियाली छाएको थियो । कलिलो उमेरका बच्चाको मन न हो, उनीहरुमा यो पटक पनि केही पाईन्छ की भन्ने आशा पलाएको थियो , जुन आशा उनीहरुको अनुहारले प्रष्टै देखाउथ्यो ।

शिक्षक शिक्षिकाको अनुहारमा पनि त्यस्तै खुसीका पानाहरु मनभरी कोरिएको हामीले देख्न सक्थ्यौ ।  मन खुसी नहोस पनि कसरी एक पटक बन्द भएको बिद्यालयलाई शिक्षा अधिकारी मैनालीको सहयोगमा त्यहाँका अभिभावकले उक्त बिद्यालय पुनः संचालनमा ल्याउन सफल भएका थिए ।  कुनै समय कक्षा पाँच सम्म पढााई हुने उक्त बिद्यालय बिद्यार्थी संख्याकै कारण बिचमा बन्द भयो ।

तर शिक्षा अधिकारी मैनालीकै पहलमा संचालन भयो र अहिले बाल कक्षा देखी दुई सम्म पढाई हुँदै आएको छ ।  कोही नहुँनेका भगवान हुन्छन भने झै पहुँच र राजनीतिक कारणले बन्द भएको उक्त बिद्यालयलाई थुपै्र चुनौतीका बाबजुत पनि संचालनमा ल्याउने शिक्षा अधिकारी मैनाली भगवान सरह भएको स्वीकार्छन् ।  जस्ले गर्दा त्यहाँका बालबालिकाले घर नजिकैको बिद्यालयबाट सहजै शिक्षा आर्जन गर्न पाएका छन् । उक्त बिद्यालयको बिकासका लागि उनले बिभिन्न पहल पनी थालेका छन् । पटक पटक बिभिन्न संस्थाले गरेको सहयोग लिएर शिक्षा अधिकारी मैनाली पटक पटक त्यहाँ पुग्ने गर्छन् ।

मैनाली पटक पटक त्यहाँ जाने आउने गर्दा  बालबालिकाले उनलाई राम्रो संग चिनिसकेका छन्, उनी संग राम्रो संग घुलमिल भईसकेका छन्, बालबालिकाहरु । जव उनी त्यस बिद्यालय पुग्छन्, त्यहाँका बिद्यार्थीहरु अभिभावक जस्तै सम्झेर जिल्ला शिक्षा अधिकारीको काखमै बस्न आउछन् ।करिब एक बर्ष ( २०७२ देखी २०७३ ) बन्द रहेको उक्त बिद्यालय २०७३ को बैशाखमा खुलाउन शिक्षा अधिकरी मैनालीले महत्वपुर्ण भुमिका थियो ।

बिद्यार्थीको संख्या नपुग्ने भन्दै बन्द गरिएको थियो । जस्ले गर्दा त्यहाँका बालबालिका पढाई बाट बञ्चित हुने अबस्था आएको थियो । त्यस क्षेत्रमा हुने खानेका छोराछोरीहरु बजार निजि बिद्यालयमा पढन जान्छन्, तर त्यहाँका गरिब परिवारका छोराछोरीहरु भने बजार पढाउन नसक्ने स्थिति भएकाले उनीहरुका लागि पनि त्यहाँ बिद्यालय आबश्यक थियो । त्यसैलाई मध्यनगर गरी अभिभावकले शिक्षा अधिकारी मैनालीलाई ध्यानाकर्षण गराएपछि उक्त बिद्यालय संचालनमा आएको थियो ।

कोही पनि बालबालिका  शिक्षाबाट बञ्चित हुन नपरोस भनी आफुले पहल थालेको सोही बिद्यालयमा आयोजीत कार्यक्रममा पनि उनले भनेका थिए । साथै मैनालीले  जहाँ पछाडि परेको क्षेत्र छ, त्यहाँ बिशेष ग्रहायताका साथ शिक्षाको पहुँच अभिबृद्धि गर्ने बताए । साथै २०७३ साल बैसाख देखी पुर्नस्थापन भएको प्राथामिक बिद्यालय बेलुवाका बिद्यार्थीहरुको आर्थिक अबस्थालाई मध्य नगर गरी ‘गणेश बहादुर पाण्डे, मन्थरा पाण्डे ’ प्रतिभा पुरस्कार कोष ’ दाङले पटक पटक बिभिन्न सामाग्री प्रदान गर्दै आएको छ ।

बैशाखमा बाल शिक्षा देखी कक्षा २ सम्म अध्ययनरत ३३ जना बिद्यार्थीहरुलाई  डे«ेस तथा झोला प्रदान गरेको थियो । त्यतिबोल कोषका सञ्चालक प्रमोद कुमार न्यौपानेले जाडो समयमा स्वीटर तथा टोपी प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार सोमबार एक कार्यक्रमको आयोजना गरी बिद्यार्थीहरुलाई जाडोमा आबश्यक पर्ने  स्वीटर, टोपी बितरण गरेको छ । साथै जुत्ता किन्नका लागि प्रत्यक बिद्यार्थीलाई जनही दुई÷दुई सय रुपैयाँ प्रदान गरेको छ ।

जाडोमा लगाउने स्वीटर र टोपी पाएपछि बिद्यार्थीहरु पनि खुसी भएका थिए । गणेश बहादुर पाण्डे, मन्थरा पाण्डे ’ प्रतिभा पुरस्कार कोष ’ दाङका सञ्चालक प्रमोद कुमार न्यौपानेको अध्यक्षता तथा दाङका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीको प्रमुख आतिथ्यता तथा उच्च अदालत बार एसोसियसन तुलसीपुरका अध्यक्ष अभिबक्ता राम शरण चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै जिल्ला शिक्षा अधिकारी मैनालीले उक्त कोषले शिक्षाको क्षेत्रमा पु¥याएको योग्दानको कदर गर्दै अझै यस्ता कार्यक्रमलाई ब्यपाकता दिन आग्रह पनि गरेका थिए । उक्त बिद्यालयको स्तरउन्नतिका लागि आफुले हरपल प्रयास थाल्ने मैनालीले प्रतिबद्धता पनि जनाएका छन् । उनले त्यस बिद्यालयलाई आधुनिक तरिकाले पढाई संचालन गर्ने वातावरण निर्माण गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै बिशिष्ठ अतिथि उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिबक्ता चौधरीले कोषले बिद्यार्थीहरुलाई गरेको सहयोगको प्रसंसा गर्दै अन्य संस्थाले पनि सुबिधाबाट बञ्चित भएका बिद्यालयलाई सहयोग गर्ने हो भने शिक्षामा गुणस्तरियता कायम गर्न सकिने बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरिक्षक बिष्णु प्रशाद पन्थी, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुष्पा चौधरी, पत्रकार सुर्दशन रिजालले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानध्यापक छमा सुबेदीले गरेकी थिईन् ।

बिस २०६३ सालमा स्थापन भएको ‘गणेश बहादुर पाण्डे, मन्थरा पाण्डे ’ प्रतिभा पुरस्कार कोषले जेहेन्दार, सुबिधा बिहिन तथा सिमान्तकृत बिद्यालयका बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । जसका लागि  जिल्ला शिक्षा कार्यालय दाङको मातहतमा रहने गरी दुई लाखको अक्ष्यकोष स्थापन भएको छ ।  धनौरी ६ खैरेनी निबासी गणेश बहादुर पाण्डे, मन्थरा पाण्डेका पाँच छोरी र एक छोरा छन् ।