dangali-kheladi

तुलसीपुर २८ मंसिर ।   थाईल्याण्ड भ्रमणमा रहेको योंङस्टार युवा क्लब दाङले  थाईल्याण्डको राष्ट्रिय क्रिकेट टिम बिरुद्ध दोस्रो  टि २० खेलमा १०२ रनको विजय हात पारेको छ ।  क्लबले यस अघिको टि २० मा ९१ रनको जित हात पारेको थियो । थाईल्याण्ड राष्ट्रिय टिमसंग ३ खेल मध्ये पहिलो खेल (५० ओभर) मा भने योङस्टारले ७ विकेटको पराजय बेहोरेको थियो । त्यसपछि  दोश्रो टि २० संगै थाईल्याण्ड भ्रमणको सम्पूर्ण खेल सकिएको छ । टोलि बुधबार स्वदेश फर्किने तयारीमा छ ।

टेर्ड थाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको योङस्टारको लागि ओपनिङ ब्याटिङ गरेका सोनु तामाङले आक्रामक अविजित १२८ रनको इनिङ खेलेपछि निर्धारित २० ओभरमा १९६/३ को स्कोर खडा गरेका थिए । अघिल्लो  खेलमा अविजित ९७ रन बनाएका सोनुले शतक प्रहार गर्ने क्रममा ६१ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए ।

योङस्टारको लागि कप्तान रुपेश शर्माले अविजित २३, दिपेश शाक्यले १७ तथा प्रशन्न शाक्यले १२ रन जोडन् सफल भएका थिए । प्रतिउत्तरमा थाईल्याण्ड टिमले पुरा २० ओभरमा ९५÷ ८ मात्रै बनाउन सकेको थियो । थाईल्याण्डका लागि वान्छना युसिकले सर्बाधिक ३५ रन योगदान दिएका थिए ।

त्यस्तै बलिंग तर्फ योङस्टारको लागि दिवान पुन र केशब प्रशाद शर्माले समान २/२ विकेट हात पारेका थिए । त्यस्तै सोनु तामांग, बिर सिंह वली र आशिष सिंहले पनि समान १/१ विकेट लिन सफल भएको कप्तान शर्माले थाईल्याण्डवाट जानकारी दिए ।