दाङ, २७ मंसिर । यही मंसिर ३० गतदेखि घोराहीमा हुने सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा सक्रिय सहभागिताका लागि शिक्षा सम्बद्ध निकायहरुले सार्वजनिक अपिल गरेका छन् ।
जिल्ला स्थित नेपाल शिक्षक महासंघ, हिसान, प्याब्सन र एनप्याब्सन दाङले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेर शैक्षिक महोत्सबमा सहभागिताको लागि सार्वजनिक अपिल गरेका हुन । महोत्सबको मिति नजिकिदै गर्दा जिल्लाका सम्पुर्ण विद्यालय तथा विद्यार्थीहरुलाई महोत्सबमा सहभागि हुन अपिल गरिएको हो ।