दाङ, २६ मंसिर । तुलसीपुर नगरपालिकाको सहयोगमा युवा सञ्जाल टरिगाउँले आयोजना गरेको खशी कप फुटवल प्रतियोगीतामा नेपाल पत्रकार महासंघ दाङ विजयी भएको छ । खेलको फाईनलमा आयोजक युवा सञ्जाललाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै महासंघको समूह विजयी भएको हो ।

gameजसमा महासंघको तर्फबाट विष्णु केसीले गोल गरेका थिए । अरनिको मैदान तुलसीपुरमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महाहसंघ दाङ, आयोजक युवा सञ्जाल, बैंकर्स एशोसियसन र तुलसीपुर नगरपालिकाको समूह गरी चार समूह सहभागीता थिए ।

प्रतियोगीताको पहिलो खेलमा तुलसीपुर नगरपालिकाको समूहलाई पत्रकार महासंघले र बैंकर्स एशोसियसनको समूहलाई आयोजक टिमले पराजित गरेका थिए ।

विजयी समूहलाई एक कार्यक्रमको आयोजना गरी ३५ किलोको खशी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सञ्जालका सन्तोष वलीले जानकारी दिए ।