ध्रुवराज न्यौपाने
तुलसीपुर, २७ मंसिर । गुरुजजुर उच्च माध्यमिक विद्यालय तुलसीपुर–२ रक्षाचौरमा आज एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत दृष्टिविहिन तथा सुष्तश्रवण भएका विद्यार्थीलाई ट्राउजर वितरण गरिएको छ ।

15492449_1238491592876209_5970818973773942562_nगएको मसिंर १७ गते तुलसीपुरको गुम्रहा चोकमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका दिवाकार वलीका दाजु प्रकाश वलीले आफ्नो भाईको सम्झनामा ट्राउजर वितरण गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्य, सहायक प्र.अ. गोपाल बुढाथोकी, लेबेन्द्र केसीलगायतले बोलेका थिए ।