इन्द्रेणी संवाददाता
घोराही, २७ मंसिर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनका लागि संविधान निर्माणमा एक भएका प्रमुख दलहरु मिलेर जानुपर्ने बताएका छन् । रिपोटर्स क्लव दाङले आज घोराही आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले अहिलेको अवस्थामा प्रमुख दलहरु मिलेर जाने बाटो खोजिनुपर्ने बताए ।

dscn0726सत्ता पक्षले अहिले संविधान संसोधन प्रस्ताव दर्ता गरेर नभएको समस्या ल्याएको उल्लेख गर्दै ज्ञवालीले अहिले संविधान चलाउने अवस्था नभइ कार्यान्वयन गर्ने वेला भएको बताए ।

‘यो समय भनेको संविधान चलाउने वेला होइन’, उनले भने, ‘वरु अहिलेको संमय भनेको संविधान निर्माणमा एक भएका दलहरु एक भएर कार्यान्वयन गर्ने वेला हो ।’ स्थानीय, प्रदेश र संसदको निर्वाचन वनाएर मात्रै संविधान संसोधन गर्नुपर्ने उनको भनाइ छ ।

संसदमा दर्ता भएको संसोधन प्रस्तावलाई एमालेले कुनै हालतमा संसदमा पेस हुन नदिने र भए पनि पास हुने कुनै सम्भावना नरहेको उनले दावी गरे । एक अर्काे प्रशंगमा उपाध्यक्ष ज्ञवालीले संविधान कार्यान्वयन र सफल पार्न एमालेले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

उनले ५ नम्बर प्रदेशलाई टुक्राउने काम यहाँका जनताको भावना विपरित हुन लागेको भन्दै यसमा आफू र एमालेको असमति रहेको बताए ।
कार्यक्रम रिपाटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।