15240229_1181179511975412_548076068_nतुलसीराम वली, तुलसीपुर १४ मंसीर । विजौरी ५ मैरवामा आज भएको दुर्घटनामा परि १६ जना घाईते भएका छन । तुलसीपुरवाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ४०८ नम्मरको हाईसले सोहीदिशातिरवाट जाँदै गरेको रा ३ प २२ नम्मरको मोटरसाईकलले एक्कासी वाटो काट्न खोज्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परि हाईसमा सवार १६ जना घाईते भएका हुन् । घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको पनि पाण्डेले जानकारी दिनु भएको छ । घाईते हुनेहरुमा रामपुर ९ निवासी सुन्तली विक, सोही ठाउ निवासी मुगा विक, सपना सुनार, बसन्ति विक त्यस्तै रामपुर ८ निवासी सरिता विक, मानपुर ९ निवासी खिम वहादुर हमाल, त्रीपुर ११ निवासी हिम वहादुर विसी, दना केसी, विजौरी ६ निावसी कमला वुढा, जस्मिन वुढा सल्यान धनवाङ ७ का सिसीर गिरी, रुकुम खलाङ्गा ११ की कमला वुढा, त्रिपुर ५ की सुनिता खड्का, घाईते हुनु भएको छ ।

मोटरसाईकल चालक तुलसीपुर नगरपालीका ६ निवासी विक्रम वहादुर हमाल र मोटरसाईकलमै सवार उहाकी श्रीमति शोभा हमाल सामान्य घाईत्यु हुनुभएको पाण्डेले जानकारी दिनुभयो घाईतेको रप्ति अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।