काठमाडौं, १४ मंसिर । माओवादी केन्द्रको पोलिटव्यूरोको बैठकले ५ नम्बर प्रदेश टुक्रयाउने निर्णय गरेको छ । आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पोलिटव्युरोको बैठकले ५ नम्बर प्रदेश टुक्रयाउने निर्णय गरेको हो ।

maoist-office_प्रधानमन्त्री प्रचण्डले पाँच नम्बर प्रदेश बाहेकका अन्य विवादित जिल्लाको सीमाकंन मिलाउन उच्चस्तरीय संघीय अयोग गठन गर्ने तर पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव तयार पारेको बताएका थिए ।

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रधानमन्त्रीको प्रस्तावमाथि नेता टोपबहादुर रायमाझीले भने कडा आपत्ति जनाएको बैठकमा सहभागि एक नेताले बताए ।
बैठकमा ५ नम्बर प्रदेश टुक्रयाउने निर्णय कुनै पनि हालतमा आफुलाई मान्य नहुने बताउँदै उनले भने, यो प्रस्तावले माओवादी पार्टी त सकिन्छ मुलुक पनि बाँकी रहँदैन रायमाझीको भनाई उद्धत गर्दै ती नेताले भने ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पालाई चार नम्बर र ६ नम्बर प्रदेशमा भाग्ने गरी सरकारले संशोधन प्रस्ताव तयार पारेको प्रधानमन्त्री प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

हिजो मात्रै नेपाली काग्रेसले ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याउने निर्णय गरेको थियो ।