नारायणपुर, १४ मंसीर । त्रिपुर नगरपालिकाले दोस्रो स्थापना दिवश दुई दिनसम्म भव्य कार्यक्रम गरी मनाउदैछ ।
नगरपालिका स्थापना भएको दोस्रो वर्ष पुगेको अवसरमा नगरपालिकाले भोली वुधवार र पर्सी विहीवार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो । नगरपालिकाले भोली पहिलो दिन विहान नारायणपुर बजार सरसफाई गरिने छ ।
नारायणपुर उद्योग वाणीज्य संघको अगुवाईमा बजार क्षेत्र सरसफाई गरिने छ । विहान साढे ७ बजेदेखी नगरपालिका कार्यालयबाट सरसफाई सुरु गरिने छ भने दिउसो पत्रकार, नगरपालिकाका राजनितिक बोर्ड प्रतिनीधी, शिक्षक र नारायणपुर उद्योग वाणीज्य संघका पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने छ ।
दिउसो १ बजेदेखी फुटबल प्रतियोगीता सुरु हुने नगरपालिकाले बताएको छ ।
फुटबलको व्यवस्थापन न्यू स्टार फुटबल क्लब नारायणपुरले गर्नेछ । सोही समयमा महिलाका लागि तीनखुट्टे दौड प्रतियागीता पनि हुने त्रिपुुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिं थापाले जानकारी दिए ।
साथै बेलुका साढे ५ बजे नारायणपुरको मुख्य चोकमा दिप प्रज्वलन गरिने छ र सोही समयमा त्रिपुर नगरपालिकाबासीहरुले प्रत्यक घरमा दिप प्रज्वलन गरिने उनले बताए ।
स्थापना भएको दिन मंसीर १६ गते झाँकी जुलुससहित भव्य कार्यक्रमका साथ स्थापना दिवश मनाउने नगरपालिकाको तयारी छ । कार्यक्रममा स्वास्थ्य, शिक्षा, सुरक्षा, पत्रकारिता, विषयगत कार्यालय, जेष्ठ नागरिक, गैरसरकारी संस्था, खेलकुद, साहित्य कला क्षेत्रका उत्कृष्ट व्यक्ती तथा संस्थाहरुलाई सम्मान गरिने नगरपालिकाका कार्यक्रम अधिकृत विपना बर्तौलाले जानकारी दिए ।