तुलसीपुर १४ मंसिर । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङ क्षेत्र नं. ४ मा देखिएको विवाद समाधानका लागि जिल्लाले पहल थाल्ने भएको छ । नेविसंघ दाङका अध्यक्ष राजकुमार डाँगीको अध्यक्षतामा सोमवार घोराहीमा वसेको वैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकले एकराज खड्काले नेविसंघको महाधिवेशनमा आफुले उम्मेदवारी दिएपनि फिर्ता गरेको दावी गरेपछि जिल्ला कार्यसमितिले एक हप्ता भित्र निर्वाचन मण्डलबाट उम्मेदवारी फिर्ता गरेको पत्र जिल्ला कार्यसमितिमा वुझाउन निर्देशन पनि दिएको छ ।
विधान अनुसार नेविसंघको माथिल्लो तहमा उम्मेदवारी वने साविकको तल्लो पद स्वतह. खारेज हुने व्यवस्था छ । एक हप्ता भित्र निर्वाचन मण्डलको पत्र जिल्ला कार्यसमितिमा वुझाउन नसके खड्काले दावी गरेको नेविसंघ क्षेत्र नम्वर ४ मा अध्यक्ष पद खालि हुने बैठकले निर्णय गरेको छ ।
बैठकले त्यसपछि मात्रै अध्यक्ष वा कार्यवाहक अध्यक्षको टुङ्गो लाग्ने निर्णय गरेको नेविसंघका जिल्ला सदस्य सुवास डाँगीले बताए । यसैविच क्षेत्रीय उपाध्यक्ष तेजेन्द्र हमालले आफू विद्यान तह स्वतह कार्यवाहक अध्यक्ष भएको दाबी गर्दै क्षेत्रीय कार्यालयको सम्पर्क कार्लालय खोल्ने देखि क्षेत्रीय समितिका गतिविधि अगाडि बढाई सकेका छन् । तुलसीपुरमा क्षेत्रीय समितिको सम्पर्क कार्यालय समेत उद्घाटन भइसकेको छ ।
यसैविच नेविसंघ दाङले मंसिर २४ र २५ गते जिल्ला स्तरिय प्रशिक्षण चलाउने निर्णय गरेको छ । त्यसको तयारीका लागि व्यापक रुपमा लाग्ने निर्णय समेत समेत बैठकले गरेको छ । घोराहीमा हुने प्रशिक्षणलाई सफल वनाउन सक्रिय भएर लाग्न वैठकले मतहतका सवै ईकाइ तथा विद्यार्थीहरुमा निर्देशन समेत दिएको वैठकपछि नेविसंघ जिल्ला सचिव ऋीषीश्वर न्यौपानेले जानकारी दिए । राप्ती समाचार
