balsharmikतुलसीपुर , १३ मंसिर ।  वालश्रमलाई अन्त्य गर्न चुनौती रहेको यहाका सरोकार वालाहरुले वताएका छन । सरकारी र सरोकार वालाहरुले यसको अन्त्यको लागि अभियान र भुमिका सञ्चालन गरिरहेको भए पनि स्वयम वालवालीका र परिवार बाट सहयोग नहुदा यसको चुनौती बढदै गएको उनीहरुको भनाई छ ।

तुलसीपुरमा सञ्चालन भएको बाल श्रम तथा बाल संरक्षण कार्यक्रम अन्तरगत तुलसीपुर नगरपालिका वाड नं नौ मा भएको अनुगमन तथा अनुभव आदान प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले अहिले वालश्रम अन्त्य र वाल शिक्षाको चुनौती रहेको वताएका थिए । तुलसीपुर नगरपालिकाको आयोजना तथा न्यूसिपिसी तुलसीपुरको समन्वयमा भएको कार्यक्रममा वोल्दै तुलसीपुर नगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डागीले नगरमा वालश्रम अन्यको लागि चुनौती बढदै गएको वताउनु भयो । उहाले यसको समाधानको लागि सबै सरोकार वाला र परिवार चनाखो हुनु पर्ने वताउनु भयो ।

नागरिक समाजका संयोजक टिकाराम रेग्मीले बालवालीका प्रति सबै जिम्मेवार हुनु पर्ने वताउनु भयो । उहाले वालवालीका वर्तमानका साझेदार र भोलीका कर्णधार भएकाले यिनीको भविष्य प्रति जिम्मेवार भएर लाग्नु पर्ने वताउनु भयो ।

कार्यक्रममा सो वडामा २९ जना वाल श्रमीक रहेको र १४ जनालाई पुनस्थापन गरिएको न्युसिपीसिका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनु भयो । उहाले वाल श्रमलाई न्यूनीकरण गर्न सबै लाग्नु पर्ने र विगत भन्दा केहि सुधार भई सकेको वताउनु भयो । वडा सचिव गणेश प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रसासन कार्यालयका यादव भुषाल, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य गोपाल शर्मा भट्टराई, रेडियो प्रकिृतका सम्पादक ओपेन्द्र बस्नेत लगायतकाले वोल्नु भएको थियो ।