ओमप्रकाश गुप्ता / सिसहनियाँ १३ मंसिर । सिसहनियाँ गाविसलाई चैत्र मसान्त सम्ममा बलमैत्री गाविस घोषणा गर्ने गरी आफनो कार्यक्रमलाई तिव्र बनाउने क्रममा नेपालको पहिलो बालमैत्री सुनवल नगरपलिकाको अवलोकन गरेको छ ।
सिसहनियाँ गाविसको आर्थिक सहयोगमा बाल सञ्जालको आयोजनामा गाविसमा क्रियाशिल संघ संस्था, राजनितिक दल, गाविसका कर्मचारी, पत्रकार र बाल सञ्जालमा आवद्ध बालबालिकाहरुको एक टोलीले आइतवार नवलपरासी जिल्लाको सुनवल नगरपालिका नेपालमै पहिलो पटक बालमैत्री नगरपालिका घोषणा भएकोले सो नगरपालिकाले गरेको कार्यक्रम तथा योजनाहरुको विषयमा अन्तरक्रिया गर्न त्यहाँ पुगेको हो ।
सो क्रममा अवलोकन टोलीले नगरपालिका र बालमैत्री भगवती माध्यामिक विद्यालयको समेत अवलोकन गरेको थियो । अवलोकन कार्यक्रम पछि आयोजित अन्तरक्रिया कार्यक्रममालाई सहजीकरण गर्दै सुनवल नगरपालिकाका सव इन्जीनियर तथा सी.एफ.एल.जीका फोकलपर्सन रेशमप्रसाद शर्माले बालमैत्री नगरपालिका वा गाविस बनाउन तोकिएको सुचककै आधारमा कामको जिम्मेवारी बाडफाड गरेर त्यसको अनुगमनका साथै अभिभावकहरुलाई जव सम्म सचेत गराउन सकिदैन तव सम्म बालमैत्री घोषणा गर्न नसकिने बताए ।
कार्यक्रममा सिनियर अहेव तथा सी.एफ.एल.जीका सदस्य चुडामणी शर्माले बालमैत्री गाविस बनाउने हो भने सुचक भित्र रहेको प्रत्येक सुचकको अलग अलग फाइल निमार्ण गरी अर्थिक पारदर्शितालाई समेत ध्यान दिनु पर्ने बताउदै हरेक क्रियाकलापमा बालबालिकाहरुलाई नै अगाडी सारेर काम गर्नु पर्ने बताए । सोही कार्यक्रममा बालमैत्री नगरपलिका बनाउन आफुहरुले खेलेको भुमिकाका बारेमा बताउदै जिल्ला बाल सञ्जाल नवलपरासीका अध्यक्ष तथा सुनवल बाल सञ्जालकी अध्यक्ष विपना शर्माले बालमैत्री बनाउन निकै चुनौती रहेको बताउदै उक्त चुनौतीलाई चिरफार गर्न बालबालिकाहरु नै सक्रिय हुनु पर्ने बताइन् त्यसको लागि प्रत्यक टोल, वडाहरुमा बाल क्लव गठन गरी एक एक जना स्वम्सेवक परिचालन नगर्दा सम्म बाल क्लव सक्रिय नहुने भएकाले त्यस तर्फ ध्यान दिनु पर्ने बताइन् ।
साथै उनले बालमैत्रीको मुख्य चुनौती बाल विवाह र बाल श्रम रहेकाले त्यस तर्फ बढी ध्यान दिन आग्रह गरिन् । सुनवल नगरपालिकाका सव इन्जीनियर तथा सी.एफ.एल.जीका फोकलपर्सन रेशमप्रसाद शर्माको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, राजमोका माधवप्रसाद आचार्य, संघिय समाजवादी फोरमका पाटेश्वरी प्रसाद चौधरी, नेकपाका जयप्रकाश चौधरी, महिला सञ्जालकी अध्यक्ष यशोदा चौधरी, युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे , सामुदायिक मेलमिलाप केन्द्रका संयोजक परशुराम चौधरी, स्वास्थ् चौकी सिसहनियाँका निमिक्त इन्चार्ज नारायण राउत,सामाजिक परिचालक विष्णुमाया चौधरी, वडा नागरिक मञ्चका संयोजक विद्याशरण चौधरी, बाल सञ्जालका अध्यक्ष बसन्तप्रसाद भण्डारी र अन्य बालबालिकाहरुले जिज्ञासा राखेका थिए ।
जिज्ञासाको जवाफ सुनवल नगरपालिकाका सव इन्जीनियर तथा सी.एफ.एल.जीका फोकलपर्सन रेशमप्रसाद शर्मा, सिनियर अहेव तथा सी.एफ.एल.जीका सदस्य चुडामणी शर्मा,ै समितिका सदस्य सचिव ओमपुन थापा, नगर बाल संरक्षण सम्र्वधन समितिका संयोजक संजय श्रेष्ठ, जिल्ला बाल सञ्जाल नवलपरासीका अध्यक्ष तथा सुनवल बाल सञ्जालकी अध्यक्ष विपना शर्मा र नगरबाल सञ्जालकी अध्यक्ष रचना भुसालले दिएकी थिइन् ।
नगर बाल संरक्षण सम्र्वधन समितिका संयोजक संजय श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगरबाल सञ्जालकी सहजकर्ता सुन्नीमा पन्थीले गरेकी थिइन् । ३६ सदस्यीय अवलोकन भ्रमण टोलीले लुम्विनी क्षेत्र र बुटवल फुलवारीको समेत अवलोकन गरेको थियो ।
