गढवा १३ मंसिर । लैगिक हिंसा न्युनिकरण कार्यक्रमका लागि सौर्य पुरुष समुह गढवाले वस्तिस्तरीय योजना छनौट समिति समक्ष आ.व.७४/७५ का लागि बजेट माग गरिएको सौर्य पुरुष समूह गढवाका संयोजक पटवारी यादवले बताउनु भयो ।
स्थानीय शासन एवं समुदाय परिचालन कार्यक्रम तथा स्थानीय श्रोत परिचालन कार्यबिधि २०६९ अनुसार योजनाहरु छनौटका १४ चरणहरु पारगरी मात्र लागूहुने प्रकृया बमोजिम बस्तिस्तरबाट योजना माग गरिएको पुरुष समुहका सदस्य सचिव एवं गढवा गा.वि.सका सामाजिक परिचालक राम नरेश यादवले जानकारी दिनुभयो । वडा नागरीक मंञ्च वडा नं ५का संयोजक मधासंयोजक तथा पुरुष समुहका सदस्य एवं लैगिक हिंसा न्युनिकरण समूह गढवाका सदस्य तिलक परियार को सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा बजेट माग रिएको हो ।
अधिकांस महिलाहरु पुरुषहरुबाट पिडित भएको अवस्थामा पुरुष समुहले लैगिक हिंसा न्युनिकरणका लागि पुरुषको सकृयतामा लैगिक हिंसा न्युनिकरणाका लागि बजेट माग गरेको नेपालमा पहिलो भएको सीसा नेपालका केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिले प्रतिकृया दिनुभयो ।
“सकारात्मक छौ, आगामि पुषमा हुने गा.वि.स परिषद्बाट बिधिवत् योजना पास गरि बजेट बिनियोजन गर्ने छौ” गा.वि.स सचिव देवराज अधिकारीले भन्नुभयो । लैगिक हिंसा न्युनिकरणका लागि राष्ट्रिय कार्यबिधि (२०१२ देखि २०१६)ले परिकल्पनागरेको पुरुष समुह परिचालनको परिकल्पनालाई नेपालमै पहिलो पटक साथीसंस्था र सीसा नेपालले दाङ जिल्लामा आश्था परियोजना अन्तर्गत लागू गरिएको कार्यक्रम संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
