saichhik-mahotsob

मंसिर १४ घोराही । दाङको घोराहीमाहुने सातौ राष्ट्रिय पुस्तकप्रर्दशनीतथा शैक्षिकमहोत्सब २०७३ को तयारीकालागिआयोजक समितिले विभिन्न स्रोत केन्द्र स्तरिय विद्यालयसंग छलफल गर्दै आएको छ । मंसिर ३० गते देखि पौष ६ गते सम्म सञ्चालनहुने शैक्षिकमहोत्सबमा धेरै भन्दा धेरै विद्यालयहरुको सहभागिता गराउनको लागिविभिन्न स्रोत केन्द्रकाप्राधानाध्यापकहरुसंग छलफललाई तिव्रतादिदै आएको छ ।

महोत्सबआयोजक समितिकाविभिन्न समितिहरुले जिल्लाकामानपुर स्रोत केन्द्र, श्रीगाउँ स्रोत केन्द्र र बयाले स्रोत केन्द्रकाकरिब एक सय पदाधिकारीहरुसंग छलफल तथा भेटघाट गरेको हो । भेटघाटका क्रममाविद्यालयकाप्रधानाध्यापकहरुले आफ्नै जिल्लामाहुने शैक्षिकमहोत्सबलाई सफलबनाउनको लागिविद्यार्थीहरुको उल्लेख्य सहभागिता गराउने प्रतिबद्धता जनाएका छन ।

महोत्सबअबलोकनपश्चातविद्यार्थीहरुको शैक्षिकविकासमाउल्लेख्य सुधार हुने अपेक्षा राखेका छन् । भेटघाटका क्रममामानपुर स्रोत केन्द्रकामुकुन्द रिजालले विद्यार्थीको शैक्षिकविकासकालागिमहोत्सबले महत्वपुर्ण भुमिका लेख्ने भएकाले सम्पुर्ण विद्यार्थीहरुको महोत्सबमा सहभागिहुने बताउनुभयो ।

त्यस्तै श्रीगाउस्रोत ब्यक्ति घमण्डबहादुर डाँगीले शिक्षकतथाविद्यार्थीहरुको लागि यो एउटा अबसर समेत भएकाले विद्यार्थीहरुको सहभागिताहुने बताउनुभयो । विद्यार्थीमात्रनभई शिक्षकहरुको लागिपनिमहोत्सबाट धेरै कुरा सिक्न सकिने बाताबरण हुने भएकाले शिक्षकहरु पनिमहोत्सब सफलबनाउनप्रचारप्रचारको भुमिकाबाट सहयोग गर्ने बताउनु भएको छ । यस्तै बयाले स्रोत केन्द्रका स्रोत व्यक्तिकविराज डाँगीले विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रमहरु सञ्चालनहुने भएकाले उनिहरुको आकर्षण बढ्ने बताउनुभयो ।

शैक्षिकविकासकालागिशिक्षक, अभिभाबक र विद्यार्थीहरुको त्रिपक्षिय समन्वयभएकाले अहिले विद्यालयकाप्रधानाध्यापकहरु संगको छलफललाई तिव्रतादिईएको महोत्सबमुलआयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिनुभयो ।

नेपाल पुस्तकतथा स्टेशनरी ब्यबसायीमहासंघ दाङ शाखाको आयोजनामाहुने शैक्षिकमहोत्सबमाविद्यालय स्तरिय विभिन्न शैक्षिकगतिविधिहरु समेत हुने भएको प्रचारप्रसार संयोजक सुन्दर गौतमले बताउनुभयो । शैक्षिकउन्नयनतथा पठन संस्कृतिको विकासकालागिभन्दै आयोजना गरीएको महोत्सबमाविभिन्न राष्ट्रिय अन्र्तराष्ट्रिय प्रकाशन गृहबाट प्रकाशितभएका महत्वपुर्ण पुस्तकहरुको प्रर्दशनी, स्टेशनरी तथा खेलकुद सम्बन्धी सामग्रीहरुको प्रर्दशनी, शैक्षिकतथा साहित्यीकगतिविधिहरु, समसामयीकविषय बस्तुहरुमा विचार गोष्ठी हुने भएका छन ।

८० वटा स्टल रहने महोत्सबमाविभिन्नमनोरञ्जनात्मककार्यक्रमहरु पनिहुने भएका छन । जस्का लागि स्थानियतथा राष्ट्रियस्तरकाकलाकारहरुको प्रस्तुती रहने प्रचारप्रसार संयोजकगौतमले बताउनुभयो ।

साथै महोत्सबको आन्तरिक सुरक्षाकालागिविभिन्ननिकायहरु संग सम्झौता भैसकेकोछ । स्टल र स्टल भित्रका सामग्रीहरको हेरचाहकालागि सुरक्षाव्यवस्थामिलाईएको छ । महोत्सबआफैमा सामाजिककार्य भएपनित्यसलाई अझ बढि प्रभाबकारी बनाउनको लागिआगामी २५ गते रक्तदानकार्यक्रमपनि राखिने महोत्सबमुलआयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिनुभयो ।