
दोहा / कतार । अन्य समुदाय बाट अछुत र पछाडी पारियको जाती ,जसलाइ समाज ले नै नराम्रो नजर ले हेर्छ । त्यही जात हो दलित,जुन सुन्ने बितिकै समाज का गनियका ठुलो जाती मानियका अछुत सम्झन्छन । व्यवहार गर्छन।त्यहिअछुत भित्र म पनि पर्छु । सानै थिय घर को गोठालो गर्थे साथै अध्यनन पनि बाबा आमा पनि खेती किसानी मै ब्यस्त हुनु हुन्थ्यो । सबै परिवार घर मै दुख कष्ट मै जेनतेन परिवार चलाइन्थ्यो । अनि ठुलो हुँदै गय घरको गोठालो रहिन बिध्यालय को गोठालो भइ सकेको थिय । परिवार पनि अलिकती आत्मनिर्भर भइ सकेका थियौ ।
तर समाज संग जति अछुत जति सानो जति पछाडी धकेलिन पुगे पनि तर आफ्नै खुट्टा मा पुगेका थियौ।अनि भाइ हरु ठुलो हुँदै गए म पनि अलिक परिपक्क हुँदै गय । बाबा मामु पनि पहिले भन्दा केही अन्धकार बाट मुक्ती मा नै थिय । किन कि त्यसमा कारण थियो,जुन पहिले का दलित लाई उच्च जात मानिने दास राखिन्थ्यो तर पछिल्लो समय अलिक परिबर्तन को बाटो ले समाज नै केही परिबर्तन नै थियो । तर म पनि बिस्तारै बिस्तारै परिपक्क हुँदै अध्ययन पनि लम्काउदै समाज को यथा परिस्थिति बुझदै हिडिरहको थिय । घर परिबर्तन भयो तर समाज परिवर्तन छैन । समाज ले अझै सम्म पनि अछुत नै राख्छ ।
त्यसमै हामी गुम्सिएर बस्नु पर्ने अबस्था थियो।अनि समाज ले आम दलित मा हेर्ने एउटा नजर फरक थियो झन म प्रतिको दृस्ठि साच्चिम्कै अचम्म थियो । अनि अध्ययन शिलशिला मा अलि आफ्नो गाउँ देखि बाहिर अनेत्र ठाँउ पुगे । अध्ययन जोडीयो । म दलित कै छोरा एउता कलेज मा पुग्नु ती उच्च जातिको लागि अझै सहय थियन।अध्यन को निरन्तरता संगै दौडिदै गर्दा अध्ययन करिब करिब आफ्नो कुनै रोजगारी तिर जाने लाएक तथा आफ्नो लागि केही गर्ने बाध्य भय।उमेर पनि ढल्कदै गयो । अब प्रसङ्ग रह्यो रोजगार अनि जीवन संगीनि । पाए सानो रोजगार बाकी जीवन साथी । जोडियो यात्रा जीवन तिर।जिबनलाइ जोड दिय । र त्यो जीवन लाई नियाल्दै हेरे।र कसैलाइ जिबन मअअ राख्नु थियो ।
त्यो नजर कतै पुगिसकेको अबस्था पनि थियो । त्यो नजर अति नै माया गर्ने मिल्ने साथी एकजना ठकुरि भनिने कान्छी संग नजर जुध्यो । अनि मेरो नजर मा जति जीवन लाई सोछे तर उनको के छ उनी त कहिले मिल्ने साथी मात्र हुन रुरुरुरुमलाइ किन कि धेरै जना साथिले सकारात्मक स्वाभाब देखाउथे कारण ,पढाई लेखाइ मा अगाडि थिय हुन त एक दलित को छोरा न थिय । तर उनी अरु भन्दा केही फरक स्वाभाब देखाउन थालिन । तर मैले जानेको नै कुरा म दलित हु उच्च जाती मा हेर्नू हुन्न । तर बिस्तारै नजर जुध्दै गयो । अनि मैले नै निश्कर्श निकाल्नु थियो । हामी एक अर्का बिना असम्भव का थियौ ।
सम्बन्ध बढदै गयो । किन कि जीवन मा एकजना रोज्नु पर्ने एउटा लाई त्यही पनि गाढा नहोस पनि किन । उनी कुनै ठकुरि म दलित नै भयपनी,तर यसमा जात धनी गरिब हेरियन रहेछ पछि बुझ्दै गय।गर्दै जादा करिब प्रबिनता प्रमाणपत्र तह पनि सकियो दुबै जना को मेरो सानो रोजगार र उनको प्रबिनता प्रमाणपत्र तह र कतबाा नर्स पनि पूरा भयो।अब रह्यो जीवन मा एउटा माला मा बाधिनु । अझै मैले सोच्न सकेको थियन कि मैले के कसरी हाम्रो सम्बन्ध होलारुरुरुहजारौं प्रश्न आउन थाले । जात भन्ने चिज के रहेछ आखिर हाम्रो सम्बन्ध मा किन यसरी भित्रे खेल गरेको छ भन्ने जवाफ आफैलाइ आय । तर बिबश भय किन कि म पनि त उनको लाएक नै त थिय आखिर रगत देखि लियर हाम्रो हरेक पहिचान के फरक थियोरुरुअनि बिस्तारै बिस्तारै सोचाइ अनि सबन्ध नजिक बनाउनु नै पर्छ भन्ने सोच आयो तर समाज फरक थियो ।
अनि उनको पनि जागिर को तय भयो उनी एक अस्पताल कि नर्श भइन म भने एक सामान्य स्कुल को सहयोगी न थिय । अब झनै हैसियत नि फरक भयो । र अब एकै बन्धन मा जिउनु थियो र जिउन को लागि दुबै तयार भयौ । तर ज्यान को बाजि राखियो,कसरीरुरुआखिर उनी संग मेरो सम्बन्ध भयो या त बिहे भयो भने त आखिर उनको परिवार त राजी हुदैन नि ,मैले त बिहे गरेर अलिक फरक ठाँउ मा जाउला तर मेरो जन्म दिने भगवान लाई समेत असर पर्छ अब गर्नु केरुआखिर जातियता के रहेछ हामी दुई मा के फरक रहेछरुके एक दलित केटा ले ठकुरि केटी बिहे गर्नु गलत भयो गलत हो।
अनि उनलाइ भन्न बाध्य भय अब तिमी संग कसरि सम्बन्ध हुन्छ मेरो आखिर तिमी त ठकुरि खानदान कि मान्छे हौ म एक गरिब दलित को छोरा हु हाम्रो हैसियत पनि त फरक भइ सक्यो भनेर गुनगुनाय । आखिर उनलाइ त म प्रती कुनै यो सोच थियन नि।त्यस्तै गर्दा गर्दै बिहे को निश्कर्श मा पुग्यौ अनि बिहेको योजना भो हामी दुईमा तर अन्तिम मा उनको परिवार मा यो कुरा पुग्यो ,म माथी ठुलो प्रहार भयो उन्को परिवार,,अनि एका साझ मा सपना मा यसरी गुन गुनाए :
माया अनि प्रेम गर्ने साथ मिलेन,
तिमी ठकुरी म दलित जात मिलेन,
तिम्रो मेरो मिलन छुट्टाउने भन्यो कसैले,
तिमी संग रमाउने हैसियत मिलेन,
कोपिला भेटे पुस्प भेटिन मैले,
पात पाय हागा भेटाय जरा मिलेन,
कसैले भन्छ ए दलित काले,
तिमी संग बिहे गर्ने सायाद मिलेन,
तिमी ठकुरि म दलित जात मिलेनसस
सपना मा गुन्जियका का यी लहरी साच्चै बिपनी मा घटेका घटना नै थिय । उनी संग बाहिरी प्रभाब र परिवारिक प्रस्तिथी ले त्यो हाम्रो साथ केवल सपना भयो । हामी एका अर्का को हुन सकेनौ।हुन त त्यति गहिरी सम्बन्ध लाई जातियता कै कारण अग्लो चुचुरो मा लियर दुर्घटना को स्वरुप बन्यो । त्यसमा त्यही नजिक को साथित्व को भावना रह्यो । आफ्नो बाटो रोज्नु को बिकल्प भयन ।
त्यही म अछुत कै कारण उनलाइ आफ्नो बनाउन हुन नसकेको कहानी बन्यो । उनी आखिर जीवन लाई पर्खाइ मै राखेर बिरामी को सेवा जुट्न सक्षम भइन भने म गरिब प्रबास को यात्रा मा लागे । र पीडित प्रबाशी को साथी बन्न सफल भय।एकादेश को कहाली लाग्दो कथा बन्यो त्यही जातियता ले । त्यही म ढुङ्गा को मान्छे भयकाले नै । आखिर कति सम्म को हुदो रहेछ यो अछुत को पिडा । सम्बन्ध को दाग र मानव प्रती को दुव्र्यवहार कसरी भन्न नसकियला र ।आखिर एउटा पढाई देखि जिन्दगी अर्पन सम्म जोडिएको यात्रा कहाँ गयर छुटदो रहेछ।त्यो जातियता ले।जो जे कहानी बन्यो एउटा ठकुरि केटी र दलित केटा को कहानी।
