cpn-umlतुलसीपुर १२ मसिर ।  नेकपा एमाले तुलसीपुर ११ नम्बर वडा कमिटिको भेला शनिबार अश्वारामा भएको छ । भेलाले पार्टीले एक बर्षमा समाज परिवर्तनका लागि गरेका कामको मुल्याङन तथा समीक्षा गरेको छ । भेलामा सहभागी पार्टीका कार्यकर्ताले पार्टी नेतृत्वले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका थिए ।

समाजिक गतिविधीमा पार्टीको भूमिका न्युन रहेको भन्दै पार्टीलाइ चलायमान र गतिशील वनाउन उनीहरुले सुझाव दिएका छन् । भेलाले सत्तापक्षले ल्याउन लागेको संविधान संशोधनको विरुद्धमा पार्टीको केन्द्रिय कमिटीले पठाएको सर्कुलर अनुसार आन्दोलनका लागि तयारी अवस्थामा वस्ने पनि निर्णय गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसदमा प्रताव ल्याउने तयारी गरिरहेका बेला एमालेले प्रस्ताव दर्ता भएमा त्यसको कडा प्रतिवाद गर्ने जनाइ सकेको छ ।

वडा कमिटिका अध्यक्ष शेरबहादुर डाँगीको अध्यक्षता एवम् एमाले क्षेत्र ५ का क्षेत्रीय सदस्य धनीराम रोकाको प्रमुख आथित्यमा भेला भएको थियो । सो अबसरमा वडाकमीटका सचिव चक्रबहादुर भण्डारी, पूर्व वडा सदस्य शिवहरी भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका तेजबहादुर बस्नेत, प्रकृति संरक्षण मञ्च नेपालका अध्यक्ष ओपेन्द्र बस्नेत, वडा नागरिक मञ्चका संयोजक जया घर्ती , वडा कमिटीका सदस्य जया पाण्डे, नोमस पुन, हस्तबहादुर विक, गंगाराम बस्नेत, लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।