निरला अर्याल गैरे / तुलसीपुर १२ मसिर । तुलसीपुर ४ को वडा कार्यालयमा संचालन भएको पाँच दिने गुडिया बनाउने तालिम सकिएको छ । तुलसीपुर नगरपालिकाको सहयोग तथा तुलसीपुर ४ को वडा स्तरिय महिला सञ्जालको आयोजनामा शुरु भएको तालिम शनिबार सकिएको हो ।
तुलसीपुर नगरपालिकाको सहयोग तथा चार नम्बर वडा स्तरिय महिला संजालको आयोजनामा भएको तालिममा वडामा रहेका २० टोलबाट एक एक जना महिला तथा महिला संजाल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका प्रतिनिधिगरि २५ जनाको सहभागीता रहेको थियो ।
वडामा भएका महिलाहरुको आयस्तर बृद्धि गर्नुका साथै , महिलाहरुलाई आतम निर्भर बनाउन तालिमको आयोजना गरिएको वडा सचिब राम प्रशाद शर्माले जानकारी दिए । तालिममा कुकुर, खरायो, पाण्डालगायतका जनावरका गुडिया निर्माण गर्न सिकाईएको थियो । तालिममा तुलसीपुर नगरपालिकाले ६५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
मंसिर ७ गतेबाट शुरु भएको तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको छ । वडा नंबर चारका सचिब राम प्रशाद शर्माको अध्यक्षता तथा वडा नागरिक मञ्चका संयोजक रुद्र बहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नागरिक मञ्चका प्रतिनिधि नोखी रावत, महिला सञ्जालकी शारदा वली , बिमला शर्मा , वडा नागरिक मञ्चका निबर्तमान संयोजक लक्ष्मण केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा नंबर ४ की सामाजिक परिचालक नानिमैया वलीले गरेकी थिईन् ।
