सन्दर्भ मार्च ८ ( नारी दिवस )

हो म छोरी हुँ!! कैयौं पिडा,चाेट सहियो तर सङ्ग्रष गर्न छाेडिएन

पटक पटक आफू अन्यायमा परे पनि पाईला पछि सारिएन

हो म छोरी हुँ…. मलाई हेर्ने दृष्टिकोण किन परिवर्तन भएन ?

 

मलाई उत्तर देउ म गर्भमा नै मारिन्छु किन?

भन सृष्टि चल्छ कसरी जब म ,म नै रहिन

हो म छोरी हुँ… समाजले अझै मलाई पहिलो दर्जा नागरिक किन भनेन?

 

कैले दाइजोको निउँमा त कहिले बलात्कार

भन मैले कैले सम्म सहनुपर्ने हो यो अत्याचार?

हो म छाेरि हुँ…. सक्छौ भने हटाइदेउ म प्रती को कुविचार।

 

नारी देबि हुन अरे ! तेसो भये मेरो लागि छाउगाेठ किन?

बुझाउ कसरी तिम्लाइ छाउ बर्दान हो यो कुनै पाप होइन!

हो म छोरि हुँ…. समाजमा स्थान चाहिएको हो भत्काउ छाउगोठ अब चाइएन !!

 

छोराछोरी बराबरी भन्दै आफै मैदानमा उत्तरिन्छौ

अनि घरमा त छोरिनै होस् छोरी भएर बस् भन्ने भाबले किन हेर्छौ?

हो म छोरी हुँ… सक्षम छौ तिमी भन्नुको साटाे मलाई किन कमजोर ठान्छौ?

 

मेरो सोझोपनको फाइदा उठाइ मलाइ सुटुक्क बेच्छौ

याेवनकाे प्यास मात्र मेटाउने नजरले मलाई कैलेसम्म हेर्छौ

हो म छोरी हुँ… तिमिलाइ यो चुनौती भो मलाई सम्मानको नजरले कैले हेर्छौ?

 

म पङख फिजाइ उड्न चाहन्छु तिमी पिन्जडा किन बनाउछौ?

अब्बल हुदाहुँदै पनि मलाई अपाङको भाबले किन सोच्छौ?

हो म छोरी हुँ …. ठुलाठुला बिकास म बिना नै गर्छु भन्छौ रे!मलाई सामेल कैले गराउछौ?