pragati-lekhak-sanghघोराही १२ मसिर ।  प्रगतीशिल लेखक संघ दाङले आफ्नो स्थापना दिबस मनाउने भएको छ । दाङको घोराहीमा शनिबार बसेको बैठकले आउदो पौष ३ गते बिभिन्न कार्यक्रम गरेर स्थापना दिबस मनाउन लागेको छ । अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा बसेको बैठकले पौष ३ गते स्थापना दिबसको अबसरमा घोराहीमा औपचारिक कार्यक्रम, पुरस्कार वितरण तथा मुखपत्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

स्थापना दिबसमा प्रमुख अतिथीको रुपमा प्रज्ञा प्रतिष्ठान नेपालका काब्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीलाई आमन्त्रण गरिने शाखा अध्यक्ष अधिकारीले जानकारी दिए । प्रलेश दाङले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको ५ वटा पुरस्कार प्रदान गर्नको लागि प्रतिभा छनौट समिति बनाईएको छ ।

शाखा अध्यक्ष अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली मल्ल र निबर्तमान अध्यक्ष केशब थापा सदस्य रहेका छन् । साथै मुखपत्रको रुपमा प्रकाशन गर्दै आएको बहिंगा यसवर्ष पनि प्रकाशन गर्ने र स्थापना दिबसको दिन सार्वजनिक गर्ने निर्णय भएको छ ।

त्यसको लागि अघिल्लो बैठकमा निर्माण गरिएको सम्पादन मण्डलले बहिंगा प्रकाशनका लागि कार्य सुरु गर्ने र प्राविधिक जिम्मेवारी उपाध्यक्ष डिल्ली मल्ललाई दिईएको छ । साथै प्रगतीशिल साहित्य पुरस्कारलाई बढाएर १० हजार रुपैया पु¥याउने पनि निर्णय भएको छ । बैठकमा केन्द्रिय उपाध्यक्ष पद्यमप्रसाद शर्मा, सल्लाहकार गिरीराज शर्मा, शरद देबकोटा, केशब थापा र टीकाराम उदासी लगाएले मन्तब्य ब्यक्त गरेका थिए ।