दीपबहादुर घर्ती
बाँके, ३०  कार्तिक । नेपालगञ्जको थपुवा र तेजनगरमा वर्मी कम्पोष्ट मल उत्पादनले दिगो कृषि र पोषण सुधारमा टेवा पुग्ने भएको छ । किसानहरुले घर–घरमा उत्पादन गरको वर्मी कम्पोष्ट मल घर बगैचामा प्रयोग हुन थालेपछि दिगो कृाि र पोषण सुधारमा टेवा पुग्ने भएको हो । किसानहरुले उत्पादन गर्ने वर्मी कम्पोष्ट मलको उत्पादन ईपीजेइक प्रजातिय गड्यौलावाट हुने प्राङ्गारिक मल प्रबद्र्धन मार्फत पोषण सुधार कार्यक्रमका ग्रामिण सेवा प्रदायक वीर बहादुर हमालले वताए ।

15033730_1170147009746156_323718777_nईपीजेइक प्रजातिय गड्यौलामा अनौठा विशेषताहरु भएको हमालले जानकारी दिए । उनले ढाई देखि तीन ईन्च लम्वाई भएको ईपीजेइक प्रजातिय गड्यौलाले पानीमा घुल्ने सवै चिजहरु खाना सक्ने, एक दिनमा आफ्नो तौल भन्दा पाँच गुणा बढि तौलको खाना खान सक्ने, भाले तथा पोथी प्रजनन् अंग एउटै गड्यौलामा हुने जानकारी दिए ।

ईपीजेइक प्रजातिय गड्यौलावाट उत्पादन हुने वर्मी कम्पोष्ट मल उत्पादन गर्दा मल उत्पादन गर्ने च्याम्बरमा २५ प्रतिशत मात्र गोबर र ७५ प्रतित अन्य झारपात प्रयोग गर्न सकिने, २५ देखि ३० डिग्री सेल्सियस तापक्रम र ४० देखि ४५ प्रतिशत आद्रता हुनुपर्ने वीरबहादुर हमालको भनाई रहेको छ ।

किसानहरुको वर्मी कम्पोष्ट मल उत्पादन र प्रयोगले वोट–विरुवालाई अनिवार्य चाहिने नाईट्रोजन, फसफोर्स जस्ता महत्वपूर्ण तत्वहरुमा दिर्घकालिन असर नपर्ने दावी गर्दै वीरबहादुर हमाल भन्छन्–“जैविक मलको प्रयोगले उत्पादनशिल जग्गाको हैशियत कहिले पनि विग्रिदैन, जग्गाको उत्पादन शित हैशियत नविगार्नु भनेकै दिगो कृषि हो ।” त्यसैगरि आफैले उत्पादन गरेको जैविक मलको प्रयोगले किसानहरुको घर बगैचामा रसायन मुक्त उत्पादन हुने वताउदै हमालले भने–“रसायन मुक्त उत्पादीत बस्तुहरुको प्रयोगले मानव स्वास्थ्यलाई अनिवार्य रुपमा चाहिने कार्वाेहाइड्रेट, भिटामीन ए जस्ता तत्वहरु पाईन्छ ।”

त्यसैगरि ईपीजेइक प्रजातिय गड्यौलाको माध्यमवाट किसानहरुले उत्पादन गर्ने वर्मी कम्पोष्ट मल प्रबद्र्धनले दिगो कृषि र पोषण सुधारमा निक्कै ठुलो सहयोग पुग्नेमा आफु बिस्वस्त भएको थपुवाका स्थानिय टेकराज जैसीले वताए । वर्मी कम्पोष्ट मल उत्पादन अभियानलाई आम किसानहरुमा चलाउनु पर्ने स्थानिय दिर्घबहादुर शाहीको भनाई रहेको छ ।

वर्मी कम्पोष्ट मल उत्पादनमा लालाहित थपुवा र तेजनगरका किसानहरुलाई बिस्वस्त पार्दै, कार्यक्रमको समयावधि समाप्त भए पनि प्राविधिक सहयोग गरिरहेको संस्था सदैव किसानहरुकै विचमा रहने फाईनस्मार्ट इन्टरनेशनल कन्सल्टेन्सी प्राली नेपालगञ्ज, बाँकेका अध्यक्ष बिष्णु खनालले वताए ।

पहाडी कृषि पारस्थितिकीय प्रणालिमा पोषण परियोजनाको आर्थिक तथा फाईनस्मार्ट इन्टरनेशनल कन्सल्टेन्सी प्राली नेपालगञ्ज, बाँकेको प्राविधिक सहयोगमा नेपालगञ्ज उप महा नगरपालिका–२४ तेजनगर र २६ थपुवामा ३० घरधुरी किसानहरुले वर्मी कम्पोष्ट मल उत्पादन गरिरहेका छन् । परियोजना उक्त स्थानमा अगामी असार मसान्त सम्म सञ्चालन हुने जनाईएको छ । तेजनगर र थपुवाका ३० घरधुरी किसानहरुलाई मल उत्पादन गर्ने संरचना निर्माण गर्न र ईपीजेइक प्रजातिय गड्यौला खरिद गर्नका लागि जिल्ला कृषि विकास कार्यालय बाँकेले झण्डै २५ प्रतिशत आर्थिक सहयोग गरेको ग्रामिण सेवा प्रदायक अशोक कुमार थापाले जानकारी दिए ।