दीपबहादुर घर्ती

जाजरकोट, ३० कार्तिक । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला सदरमुकाम खलंगामा मंगलवार शैक्षिक रेडियो कार्यक्रमको व्यानर पढेर विधिवत रुपमा उद्घाटन गरेका छन् । जिल्लाको शैक्षिक सुधारमा टेवा पुर्याउन महत्वपुर्ण कार्यक्रम मानिएको शैक्षिक रेडियो कार्यक्रमलाई प्रजिअ गौतमले विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

15046323_1171940579566799_1788660910_n२०७३/ ०७४ लाई शैक्षिक सुधार बर्ष घोषणा गरिएको जाजरकोट जिल्ला शिक्षा कार्यालयले हाम्रो शिक्षा, राम्रो शिक्षा, शैक्षिक रेडियो कार्यक्रमलाई शैक्षिक सुधारको राम्रो माध्यामका रुपमा लिएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताए । मंगलवार प्रजिअ गौतमद्धारा उद्घाटन गरिएको शैक्षिक रेडियो कार्यक्रम जिल्लामा रहेका (रेडियो खलंगा एफएम, रेडियो जाजरकोट र रेडियो हाम्रो पाईला एफएम) तीनवटै रेडियोवाट प्रशारण हुने जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिए । प्रसारण हुने समय र बार भने, रेडियोहरुको फरक–फरक हुने सिंहले वताए ।

शैक्षिक रेडियो कार्यक्रममा शिक्षण सिकाईका उपलव्धीहरु, शैक्षिक सुधारका लागि गरिएका राम्रा अभ्यासहरु लगाएतका शैक्षिक गतिविधिहरु प्रशारण हुने सिंहको भनाई रहेको छ । उक्त कार्यक्रम जिल्लाका तीनवटै रेडियोवाट प्रशारण भएपछि जिल्ला भरका शिक्षक, विद्यार्थी र अविभावक सवैलाई आत्म अनुशासित गराउनेमा आफु विश्वस्त भएको सिंहले जानकारी दिए ।

जिल्लाको शैक्षिक सुधारका लागि गत वर्ष जिल्लालाई साक्षर जिल्ला घोषणा यस वर्ष जिल्लामा शैक्षिक सुधार वर्ष घोषणा गर्नुका साथै जिल्लामा गरिएको प्रअ सम्मेलन र सम्मेलनवाट जारी गरिएका प्रतिवद्धता लगाएतका निक्कै राम्रा प्रयासहरु भईरहेको प्रजिअ जनार्दन गौतमले वताए । यि राम्रा प्रयासहरुलाई अझै निक्खार्नका लागि शैक्षिक रेडियो कार्यक्रमले पनि महत्वपुर्ण भुमिका खेल्ने प्रजिअ गौतमको भनाई रहेको छ ।

साथै जिल्ला शिक्षा कार्यालय जाजरकोटको आयोजनामा मंगलवार नै सदरमुकाम खलंगामा सरोकारवाला निकायहरुलाई अभिमुखीकरण गरेको छ । अभिमुखीकरणमा गत शैक्षिक बर्षमा जिल्ला शिक्षा कार्यालयले भोग्नु परेको समस्या, चुनौति, कार्यालयले प्राप्त गरेका उपलव्धि र गरिएका राम्रा अभ्यासहरुका वारेमा जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले अभिमुखीकरण गरेका थिए भने, आर्थिक वर्ष २०७३÷०७४ का लागि स्वीकृत वजेट तथा कार्यालयले सञ्चालन गर्ने कार्यक्रमका वारेमा जिल्ला शिक्षा कार्यालय जाजरकोटका शाखा अधिकृत यज्ञश्वर खत्रीले सरोकारवालाहरुलाई अभिमुखीकरण गरेका थिए ।

शिक्षा समितिका अध्यक्ष निमित्त स्थानिय विकास अधिकारी योजना अनुगमन तथा प्रशासकिय अधिकृत गणेश प्रशाद खनालको अध्यक्षताका सम्पन्न कार्यक्रम जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मानबहादुर गिरीले सञ्चालन गरेका थिए ।