जनक नेपाली
दाङ। दलित महिला एकता केन्द्रको दाङ आयोजना तथा ग्ग्क्ऋ को आर्थिक सहयोगमा सन्धीखर्क नगरपालीका २ भद्रिखोला अर्घाखाँचीका बिपन्न बादी तथा दलित समुदायका लागि विभिन्न राहत सामग्री हस्तान्तर गरिएको छ । आर्थिक अबस्था कमजोर भएका बादी, परियार, विक र सार्की समुदायका व्यक्तिहरुलाई सहयोग सामग्री हस्तारन्तरण गरिएको हो ।
दलित महिला एकता केन्द्र दाङका अध्यक्ष निर्मला कुमारी गुप्ताको अध्यक्षता एवं पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष शोभाकर पन्थीको प्रमुख आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो । भद्रिखोलाका मदन बादी, लक्ष्मी बादी, नारायण वादी, शम्भु वादी, माया बादी, मोहनलाल बादी ,खुमबहादुर बादी, नारायण बादी ,बिनोद बादी ,जीतबहादुर बादी ,गोपाल बादीलाई प्रमुख अतिथी पन्थीले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै राजकुमार बादी ,सिता विक ,भक्तबहादुर नेपाली ,पुतली विक गरी २६ जनालाई फाईवर व्याङ्केट झुल लगायतका अन्य सामग्री हस्तान्तरण गरिएको थियो । त्यसअबसरमा बोल्दै प्रमुख अतिथी पन्थीले समाजमा पछाडि पारिएका समुदायका पक्षमा थोरैले मात्र बोल्दै आएको वताउनुभयो । समाजमा अहिले पनि आर्थिक अबस्था कमजोर भएका दलित अछुत हुने भएको वताउँदै त्यसका लागि सम्पूर्ण भ्रम त्याग्न गैर दलितहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट आतिथी गंगा निमाविका प्रधानध्यापक प्रदीप भण्डारीले समाजमा दलितहरु पछिल्लो समय सामाजिक बहिस्करणमा पर्दै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज ठाकुरकुमार विक, वरिष्ठ पत्रकार सहयोग विसी, वादी वर्ग उत्थान विकास समितिकाका सदस्य मिना बादी लगायतले बोल्नु भएको थियो । दलित महिला एकता केन्द्रका कार्य समिति सदस्य सरिता नेपालीको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत जनक नेपालीले गर्नुभएको थियो ।
शैक्षिक सामग्री वितरण
यसैविच गंगा निमावि चुत्रावेसीमा अध्यनरत दलित बाल वालवालिकालाई शैक्षिक सामग्री हस्तान्तर गरिएको छ । कक्षा नर्सरी देखि कक्षा ८ का ५० जना विद्यार्थीलाई झोला, कलम,र कापी प्रदान गरिएको थियो ।
अर्घाखाचीका स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो । शैक्षिक सामग्री हस्तान्तर गर्दै उहाँ विपन्न समुदायका छात्र छात्रालाई प्रदान गरिएको शैक्षिक सामग्रीले उनिहरुलाई पढ्न लेख्नका लागि सहयोग पु¥र्याउने वताउनुभयो । दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला गुप्ताको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।