हापुर ३० कात्तिक । आधारभुत सहकारी व्यवस्थापन तालिमको मंगलबार हापुरेमा सकिएको छ । सहकारी डिभिजन कार्यालय दाङको आयोजनामा कात्तिक २५ गतेदेखि तालिम सुरु भएको थियो ।
सहकारी डिभिजन कार्यालय दाङका अधिकृत विनोदकुमार पौडेलको अध्यक्षतामा तालिमको समापन गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सदस्य टेक बहादुर वली, बाघमारे सहकारी संस्थाका अध्यक्ष चुडामणी कडेँल, जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकाशराज बालान क्षेत्री , पुरन्धारा महिला बचत तथा ऋण सहकारी संस्थाकी सदस्य दीपा कुमारी केसी लगायतकाले तालिममा सिकेका कुराहरु व्यववहारमा समेत लागुगर्ने बताएका थिए ।
कार्यक्रममा पुरन्धारा, बाघमारे, पञ्चकुले गाविसमा रहेका सहकारी संस्थाका २५ जनाको सहभागिता रहेको छ । तालिम ६ दिनसम्म सञ्चालन भएको थियो । तालिममा सहकारी व्यवस्थापन,सहकारी ऐन, लगायतका बारेमा प्रशिक्षण दिइको थियो । तालिम समापन कार्यक्रमको सञ्चालन सहकारी निरिक्षक दिपक मजगैयाले गरेका थिए ।