देउखुरी ३० कात्तिक । देउखुरीमा मंगलबार आयोजित एक शैक्षिक कार्यक्रममा एक सय ६० जना शिक्षकहरुलाई सम्मान गरिएको छ । देउखुरी व्यापी परिक्षा समितिको आयोजनामा रातोडाँडा देउखुरीमा भएको चौथो शिक्षक अधिनन्दन समारोहमा बक्ताहरुले आफ्नो पेसा प्रति आत्म सन्तुष्टि हुन जरुरी रहेको बताएका थिए ।
आत्म सम्मानकालागी नै शिक्षकहरुलाई अधिनन्दन गर्न थालेको शिक्षक अभिन्नदन समितिका संयोजक सिता रिजालले बताईन् । कार्यक्रममा सहभागीहरुले शिक्षक जस्तो मर्यादित पेशालाई जोगाई राख्न आत्म सम्मानका लागि पुरस्कृत हुन जरुरी छ भन्ने भनाइ ब्यक्त गरेका थिए ।
देउखुरी व्यापी परीक्षा समितिका अध्यक्ष शाशिधर ज्ञवालीको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यलय दाङका शिक्षा अधिकारी रमेश प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको थियो ।
शिक्षक अभिनन्दन समारोहमा प्रमुख अतिथि मैनालीले शाशिधर ज्ञवाली ,गोविन्द पौडेल, बामदेव आर्चाय, चन्द्रलाल नेपाल, पुर्णबहादुर चौधरी, सहित २०४८ सालमा स्थायी भएका १ सय ८ जना, २०५८ साल भन्दा अघिका अस्थायी रुपमा १० वर्ष सेवा गरी निवृत भएका, सेवा पु¥याउदै गर्दा निधन भएका शिक्षकहरुका परिवारलाइ गरी १६० जना देउखुरी क्षेत्रका शिक्षकलाइ अभिनन्दन गरिएको थियो ।
प्रत्येक ५/ ५ वर्षमा यो कार्यक्रम हुने गर्छ । कार्यक्रममा घोराही क्षेत्र परिक्षा समितिका अध्यक्ष गणेश राज श्रेष्ठ, विद्यालय निरिक्षक बेगम केसी, कुन्नु नारायण चौधरी, रामप्रसाद जैशी, रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरे, शिक्षा पे्रमी जागेश्वर घिमिरे, नागरिक समाज देउखुरीका संयोजक निम बहादुर थापा , विद्यालय निरीक्षक विप्लव अधिकारी, उपेन्द्र चालिसेलगायतका वक्ताले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।
शिक्षक अभिनन्दन समितिका संयोजक सिता रिजालको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कुलचन्द्र पौडेल र रामसुरत यादवले गरेका थिए ।