दाङ, ३० कार्तिक । घोराही नगरपालीका १० त्रिपुरा टोलका ताराप्रसाद रेग्मीले घर भाडामा बस्ने हरिप्रसाद कार्की (परियार) र उहाकी श्रीमती मेनका कार्की (परियार)लाई घर निकाला गरेको प्रति बिभिन्न दलित संघ संगठनहरुले विरोध गरेका छन् । नेपाल दलित संघ, नेपाल उत्पिडित जातीय मुक्ति समाज,नेपाल दलित मुक्तिमोर्चा,दलित मुक्तिमोर्चा नेपाल र जातीय समता समाज दाङको घोराहीमा बसेको संयुक्त बैठकले विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेको हो ।

photo-28दलित भएकै कारण शनिवार मध्यरातमा रेग्मीले हरिप्रसाद र मेनका परियारलाई घर निकाला गरेका थिए । घर धनी तारा प्रसाद रेग्मीले अपशब्द प्रयोगगर्दै रातारात कोठामा निकालेका थिए ।

नेपाल दलित संघ क्षेत्र नं. ३ का सभापति प्रकाश नेपाली, नेपाल उत्पिडित जातीय मुक्ति समाज दाङका संयोजक कृष्ण दमाई , नेपाल दलित मुक्तिमोर्चा दाङका संयोजक जगत दलामी , जातीय समता समाज दाङका अध्यक्ष टिका विक र दलित मुक्तिमोर्चा नेपाल दाङका सचिव सुरज परियारद्धारा हस्ताक्षरित विज्ञप्तीमा अमानवीय ढङ्गबाट घर निकाला गरेको प्रति घोरविरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ । यसका साथै दोषीलाई कडाभन्दा कडाकारवाहीको माग गर्दै घटनाका पिडक तारा रेग्मीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।