15045537_1759654984286325_856764565_n

तुलसीपुर ३० कात्तिक ।  तुलसीपुर ९ रानीजरुवाका महिलाहरुले गिट्टि कुटेर जिबिको पार्जन गरिरहेका छन् । अरु कुनै पनि आम्दानीको स्रोत नभए पछि त्यहाँका महिलाहरु बिगत देखी गिट्टि कुटेर आफ्नो जिबिको पार्जन गर्दै आईरहेका छन् ।

तुलसीपुर ९ रानीजरुवाकी चन्दा बिकले विगत दुई वर्षदेखी गिट्टिकुटेर आफ्नो जिबिको पार्जन गर्दै आईरहेको बताएकी छिन् । उनी भन्छिन् ‘ अरु आम्दानीको स्रोत केही छैन , यहि गिट्टि कुटेर जिविका चलाईरहेकी छु । ’

उनले आफ्नो सात जनाको परिवारलाई गिट्टि कुटेर पालिरहेको बताएकी छिन् । सल्यान कोटबारा घर भएकी चन्दा विक श्रीमान कामको शिलशिलामा गएको बेला भारतमा करेन्ट लागेर मृत्यु भएपछि उनको आम्दानीको स्रोत केही नभएको उनी बताउछिन् ।

‘ श्रीमान भारतमा काम गर्नेक्रममा बित्नुभयो , आम्दानी केही भएन , अनी छाराछोरीलाई पाल्न पढाउनका लागि पनि गिट्टि कुट्न थालेकी हुँ । ’आफुले जति कमाएपनि सबै पैसा कोठा भाडा र छोराछोरीको पठन पाठनमा खर्च भईसक्ने भएकाले पैसा बचन नहुने गरेको उनी बताउछिन् ।

उनले भनिन् ‘ गिट्टि कुटेर दैनिक २÷४ सय आम्दानी हुन्छ , त्यो छोराछोरीलाई खुवाउनेकी , पढाउने की कोठा भाडा तिर्ने केही पुग्दैन् । ’

आम्दानीको कुनै पनि स्रोत नहुँदा उनी जस्तै त्यहाँ २५ ÷ ३० महिनाहरु गिट्टि कुटेर आम्दानी गरिहरहेका छन् ।

चन्द्रा बिक एउटा पात्र मात्र हुन् । उनी भन्छिन् ‘ आफुले तयार पारेको गिट्टि घर बनाउनेले खोजेपछि मात्र बिक्ने गर्छ , अन्य समयमा बिक्दैन ’ उनले एक टिप गिट्टिलाई दुई हजार रुपैयाँका दरले बिक्रि गर्ने गरेको बताउछिन् । उनले आफु दलित भए पनि सरकारबाट दलितले पाउने सेवा र सुबिधा नपाएको पनि बताएकी छिन् ।