दाङ, ३० कार्तिक । जिबिस दाङ तथा त्रिपुर नगरपालिकाले आर्थिक बर्ष २०७२/०७३ मा पुरा गरेका कामहरुको सामाजिक प्रभाव मुल्याङकन गरेका छन् । जिबिस तथा त्रिपुर नगरपालिकाले बाह्य सामाजिक परिक्षक मार्फत आफुले गरेका कामको सामाजिक परिक्षण गरेका हुन् ।
जिबिस तथा नपाले मंगलबार छुट्टाछुट्टै समय तथा स्थानमा सामाजिक परिक्षण बृहत छलफल समेतको आयोजना गरी बिषयगत कार्यालय, जिबिस तथा नपाको काममा संलग्न उपभोक्ता समितिका अध्यक्ष तथा सदस्यहरु, वडा नागरिक मञ्चका पदाधिकारीहरु, उबासंघ तथा नागरिक समाजका प्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधीहरु तथा पत्रकारह माझ सामाजिक सामाजिक परिक्षण प्रारम्भिक प्रतिबेदन माथी छलफल गरी थप सुझाव समेत संकलन गरेका छन् ।
जिबिस दाङको आयोजना तथा निमित्त स्थानीय बिकास अधिकारी बाशुदेब आचार्यको अध्यक्षतामा घोराहीमा भएको सामाजिक परिक्षण बृहत छलफल कार्यक्रममा उपभोक्ताहरुले वडा गाबिस ईलाका हुदै आएका योजनालाई जिल्ला परिषदको सर्बदलिय बोर्डले काटेर नया योजना घुसाउने गरेको भन्दै त्यसो नगर्न सचेत गराएका थिए ।
यस्तै सरोकारवाला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, सौडियार गाबिस सचिव टेक बहादुर खड्का सामाजिक परिचालक बिमल योगी लगायतका संघसंस्थाका प्रनिनिधीहरुले सामाजिक बिकास लगायतका काम गर्दा जिबिसले सरोकारवाला निकायको समन्वयमा गर्नुपर्ने, एउटै योजनामा धेरै निकायले बजेट खर्च गर्न नहुने, एउटै योजनाबाट दोहोरो फाईदा लिने प्रबृतिको अन्त्य गर्नुपर्ने तथा योजनाको अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।
यस्तै साना दलका प्रतिनिधीहरु बंशी कुमार शर्मा, तुलसा केसी, तील बहादुर घर्ती, शरण थारु लगायतका बक्ताले अनुगमलाई पभावकारी बनाउन सबै कार्यालयले राजनीतिक दललाई समेट्न आग्रह गरेका थिए । नेपाली काग्रेसका सचिव संकर डागीले भने अनुगमनमा राजनीतिक दल भन्दा पनि सम्बन्धित कार्यालय नै बढी जवाफदेही हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा निमित्त स्थानीय बिकास अधिकारी बाशुदेव आचार्यले सहभागीबाट आएका जिज्ञासाको जवाफ दिदै काममा प्रभावकारीता ल्याउन सबैको सहयोग आवश्यक भएको भन्दै जिबिसको तर्फबाट प्रतिबद्वता जनाएका थिए । कार्यक्रमको सञ्चालन सामाजिक बिकास अधिकृत बालकृष्ण खनालले गरेका थिए ।
यसैगरी मंगलबार त्रिपुर नगरपालिकाले नारायणपुरमा आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले नगरपालिकाले साना योजनामा बजेट खर्च नगरी ठुला तथा देखीने योजनामा रकम खर्च गर्न, बिकाय योजनामा स्थानीयले अपनत्व बोध गर्नेगरी लागत सहभागीता बढाउन र आफ्नो टोलमा हुने बिकास निर्माणमा चासो जगाएर सक्रियता बढाउन जोड दिएका थिए ।
त्रिपुर नपाका कार्यकारी अधिकृत कमान सिंह थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रतिनिधी सुधन केसी, नारायणपुर उबासंघका गोपाल लम्साल, नेपाल पत्रकार महासंघका अध्यक्ष सुदिप गौतम, वडा नागरिक मञ्च संयोजक लक्ष्मी लम्साल, राधा केसी जीबन चौधरी, शान्ता के.सी. मधुमती गौतम तिलक बस्नेत, शान्ता चौधरी लगायतले बिकास आयोजना सञ्चालनमा भोगेका कठिनाई तथा नगरपालिकाका सूचकहरु राम्रा बनाउन चालिनु पर्ने कदमका बारे सुझावहरु दिएका थिए ।
कार्यक्रमको अन्त्यमा कार्यकारी अधिकृतले सुझाव ग्रहण गर्दै आफुहरु र नगरबासी दुबैको उदेश्य नगरलाई राम्रो र समुन्नत बनाउने भएकाले त्यसमा सबै संगै मिलेर अघी बढेमा लक्षमा पुगिने भन्दै सुझाव ग्रहणको प्रतिबद्वता जनाएका थिए । सूचना अधिकृत बिपना बर्तौलाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक परिक्षण बिज्ञद्वय सुदर्शन रिजाल र सन्तोस सुबेदीले प्रारम्भिक प्रतिबेदन पेश गरेका थिए ।
