chamere-guffaराजेश वली  / तुलसीपुर ३० कात्तिक ।  दाङ तुलसीपुरको पर्यटकिय क्षेत्र चमेरे गुफा जाने बाटो मर्मत गरिएको छ । हिउद लागे संगै पर्यटकिय चमेरे गुफा अबलोकन गर्ने पर्यटकको संख्या बृद्धि भएकाले बाटो मर्मत गरिएको हो । पछिल्लो समयमा चमेरे गुफा अबलोकन गर्नेको संख्या ह्वात्तै बृद्धि भएको छ ।

तर बाटो मर्मत नहँदा पर्यटकलाई आवत जावत गर्न समस्या हुँदै आएको थियो ।  त्यसलाई मध्यनजर बाटो मर्मत गरिएकोे गुफा संरक्षण समितिले जनाएको छ ।  एसियाकै ठुलो यस गुफामा पर्यटकको सङ्ख्या बढाउन त्यहाँका बासीन्दाहरु सक्रिय रुपमा लागेका छन् ।

बाटाको समस्यालाई उजागर गर्नुका साथै पर्यटनको संख्यामा बृद्धि गर्नका लागि त्यहाँका युवाहरु सक्रिय भएर लागेका छन् । करिब ३२ जना युबाहरुको सक्रियतामा बाटो मर्मत गरिएको हो । त्यहाँको भेडिखोर, सिस्नेकुटी हुदै तरुले सम्म जानका लागि मंगलबार ४ किलोमिटर बाटो मर्मत गरिएको स्थानिय कर्ण केसीले जानकारी दिए । साथै बाटोको निर्माण संगै स्थानिय उत्पादनलाई बजार सम्म ल्याउन पनि सहज भएको त्यहाँका बासीन्दाले बताएका छन् ।