padam-baidik

घोराही ३० कात्तिक ।  न्याय परिषद्का नवनियुक्त सदस्य पदम बैदिकलाई नागरिक समाज दाङले मंगलबार घोराहीमा स्वागत तथा बधाई ज्ञापन गरेको छन् । नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको अध्यक्षता तथा न्याय परिषद्का सदस्य बैदिकको प्रमुख आतिथ्यता एवं नागरिक समाज दाङका सस्थापक संयोजक नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले न्यायलयलाई सबैको साझा बनाउनु पर्ने बताएका थिए । सम्पन्न बर्गको न्यायलय मात्रै नभएर विपन्न समुदायहरुलाई पनि न्यायक्षेत्रले सम्मानजनक रुपमा काम गर्न सक्नुपर्ने बताएका थिए । सबैको न्यायक्षेत्र बनाउनका लागि न्याय परिषद् सदस्यले भुमिका खेल्न पनि बक्ताहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, नागरिक समाजका सदस्य चक्र विश्वकर्मा, श्रीमन न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष सुदीप गौतम, पुर्व अध्यक्ष प्रताप रेग्मी, मानवअधिकारकर्मी विनोद केसी, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाललगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागी मानवअसधिकारकर्मीहरुले न्याय परिषद्का सदस्य पदम बैदिकलाई सफल कार्यकालको शुभ—कामना तथा बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले गरेका थिए ।