काठमाडौं, २२ कार्तिक । चीनबाट नेपालका लागि नयाँ राजदूत सोमवार काठमाडौं आइपुगेकी छन् । चीनले उ चुन्ताईको स्थानमा यु होङलाई नेपालको २० औं राजदूतका रुपमा काठमाडौं पठाएको हो ।

114c65a358489a86af04425a41e22582नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पनि महिला नै रहेका बेला चीनले पनि महिलालाई नै राजदूत बनाएर पठाएको हो । सन् १९५५ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएयता चीनले नेपालमा पठाएकामध्ये होङ २० औँ राजदूत हुन् । यसअघि उ चुन्ताई सन् २०१३ मा चिनियाँ राजदूतका रुपमा नेपाल आएका थिए ।