A man puts a card into an ATM in North Carolina last year. A recent study found that nearly a third of American consumers have reported credit card fraud in the past five years.

काठमाडौं, २२ कार्तिक । नेपाली बैंकको एटिएमबाट रकम चोरी गर्न अन्तरराष्ट्रिय गिरोह सक्रिए भएको प्रहरीले बताएको छ । धमाधम रकम चोरी गर्न थालेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले तत्काल आफ्नो एटिएमको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेको छ ।

A man puts a card into an ATM in North Carolina last year. A recent study found that nearly a third of American consumers have reported credit card fraud in the past five years.
ब्यूरोले राजधानीका विभिन्न बैंकका एटिएमहरुबाट हिडन क्यामेरा र स्किनिङ डिभाइसबाट पिनकोड पत्ता लगाइ रकम चोर्ने क्रम बढेपछि ब्यूरोले अनुरोध गरेको छ । रकम चोरीमा तीन जना विदेशी नागरिकहरु पक्राउ परेपछि ब्यूरोले एटिएम प्रयोग कर्ताहरुलाई यस्तो आग्रह गरेको हो ।

टर्की, बुल्गेरिया र रोमानियाका नागरिक संलग्न अन्तरराष्ट्रिय गिरोह नेपाली तथा विदेशी बैंकका एटिएमबाट रकम चोरीमा संलग्न भएको पाइएपछि प्रहरीले एटिएमममा रहेको रकम जोगाउनका लागि पिनकोड फेर्न आग्रह गरेको छ ।

रकम चोरीमा संलग्न ब्यक्तिहरुको खोजी गर्ने क्रममा रोमानियन नागरिकहरु ५२ वर्षीय घिटा हुजुम, ४८ वर्षीय लोसिफ मोरारु र ४५ वर्षीय एलेक्से क्रिस्चियन बुघिउर्लानलाई पक्राउ गर्न सफल भएपछि एटिएमबाट रकम चोरीमा अपनाइएको नयाँ प्रविधिको पनि रहस्य खुलेको छ ।

उनीहरुलाई एटिएमबाट चोरी गरेको नेपाली तथा विदेशी मुद्रा र एटिएमबाट रकम चोरीमा प्रयोग उपकरणसहित शुक्रवार ठमेलस्थित होटल नेपाल ताराबाट उपकरणहरुसहित पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीले अनुसन्धान अघि बढाएको छ।