काठमाडौं, २२ कार्तिक । नेपाली सेनाले धरहरा पूनर्निर्माणका लागि ६ करोड १७ लाख १३ हजार ७ सय ८३ रुपैयाँ ५५ पैसा रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

dsc1540-848x478सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री उक्त रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
चेक बुझ्दै प्रधानमन्त्रीले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिए।

प्रधानमन्त्रीले भने, हामी पूनर्निर्माणको चरणमा छौं । राज्यका सबै अंग मिलेर पूनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ । त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ । सरकार पनि धरहरा निर्माणको बिकल्पबारे गृहकार्य गरिरहेको छ ।