इन्द्रेणी संवाददाता
नारायणपुर, ३१ भदौ । दाङको नारायणपुर सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत त्रिपुर– २ झारबैरामा डिप बोरिङको निर्माण सुरु गरिएको छ ।

१५ करोड १४ लाख १९ हजार २ सय ३२ रुपैया ६१ पैसा लागत स्टीमेट रहेको आयोजनाको झारवैरामा रहेको लालीगुरास महिला समूहको नर्सरीमा निर्माण गरिदै छ । त्रिपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ का बजार क्षेत्र, झारवैरा, धैरेनी, जलौरा, सरस्वति टोल, पेट्रोल पम्प क्षेत्र, सौडिकुला, उद्योग वाणीज्य संघ क्षेत्र, नेपाल टेलिकम क्षेत्र, खैरा, डोक्रेना, पथरकोटिया, संयुक्त टोल, उत्तर अम्राई, दक्षीण अम्राई लगायत ४२ किलो मिटर क्षेत्रमा पाईप लाईन विस्तार गरेर पानी पु¥याउने सहलगानी आयोजनाको लक्ष्य रहेको छ ।

14333010_1121405524617438_7275429212081722580_nजसका लागि उपभोक्ताहरुको पनि लगानी आवश्यक छ । डिप बोरिङ निर्माण सँगसँगै केही महिनामै ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टंकी पनि निर्माण गरिने समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) ले जानकारी दिए ।

निर्माण सुरु गरिएको डिप बोरिङको शिलन्यास गरिएको छ । खानेपानी तथा सरसफाई समितिले निर्माण गर्न लागेको डिप बोरिङको आज सुक्रवार ए कार्यक्रमको आयोजना गरि शीलन्यास गरिएको हो । बोरिङको त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरले गरे ।