इन्द्रेणी संवाददाता
घोराही, ३१ भदौ । गंगा उच्च माध्यमिक विद्यालय रामपुर दाङ कक्षा १२ मा पढ्ने विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।
कक्षा १२ का छात्र बिनोद चौधरीको सभापतित्व एंव विद्यालयका प्राचार्य राजेन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ११ कक्षामा पढ्ने विद्यार्थीहरुलाई रातो टिका र फूल प्रदान गरेर स्वागत गरिएको थियो । कक्षा १२ का छात्रा शारदा गुरुङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राचार्य घिमिरेले विद्यार्थीहरुलाई आफ्नो पढाईमा लगनशिल भएर लाग्न आग्रह गरे ।
विद्यालयका सहायक प्राचार्य भुवनकुमार आचार्य, शिक्षकहरु हेमराज शर्मा, सुनिल पोख्रेल, सन्तोष सुवेदी, एम वि केसी, दिपक आचार्य, बबिता रेग्मी, कक्षा ११ का छात्रा सुष्मा नेपालीलगायतकाले बोलेका थिए ।










