गोविन्द खड्का
घोराही, ३० भदौ । च्यातिको कपडा घरका प्वालमा कोच्ने चलन हुन्छ । बजार क्षेत्रमा फोहर संगै डस्टिविनमा हालिन्छ वा कुनै चोक र खोल्साहरुमा लगेर फ्या“किन्छ । पहिरीन नमिल्ने थाङना पनि काम लाग्छ भन्ने थाह छैन । अब काम छैन भनिएका कपडा उपयोगी हुने भएका छन् । छाला र प्लाष्टिक बाहेकका अरु सबै च्यातिएका कपडा उपयोगी हुने मेसिन सञ्चालकले बताए । थाङनालाई मेशिनमा पेलेर कपास जस्तो बनाईन्छ । त्यसलाई आफ्नो चाहना अनुसार सिरानी, डस्ना, कुसुन लगाएतका बस्तु बनाउन सकिन्छ ।

100_4499डुरुवाको खौसापुर बाट घरका थाङ्ना लिएर घोराही आएका तिन जना महिलाले नाम दिन चाहेनन् । ‘थाङना बनाउन आयाथे भनेर लेख्दीनुहोला’ भन्दै लजाए । आपसमा मुखामुख गरे । तिन जना मध्य एक जना खितिक्क हासिन पनि । तर, नाम भने कसैले दिएनन् । गाउ“ भरीबाट च्यातिएका कपडा बोकेर धेरै जना आउन लागेको उनिहरुले जानकारी दिए । तिनीहरु सबैले घरमा च्यातिएर फालेका थाङनाहरु संकलन गरेका छन् । त्यातिएका झुल, झोला, सर्टपाईन्ट, दौरा सूरुवाल, साडि लुङ्गि, ब्लाउच, ब्लेजर, पेन्टी, कोट, सोल, खास्टो हरेक च्यातिएका कपडा पेलिन्छ ।

थाङनाको रासमा बसेर दाउले थाङना छेकिरहेका एक जना मजदुर देखिन्थे । अर्का मजदुर ठुलो रोल भएको मेशिन सफा गरीरहेका थिए । विहिवार दिउसो त्यहा“ पुग्नेबेला लोडसेडिङ थियो । केहि व्यक्तिले चौरमा डस्ना तथा कुसुन बनाईरहेका थिए । रतनपुर चोक नजिक रहेको सो मेसिनका मालिक जयप्रकाश पाशवान सिलाउने मेशिनमा दोहोरो काम गरीरहेका थिए । मसिन चलाईरहेका थिए ग्राहक संग कुरा पनि भैरहेको थियो । को मालिक को मजदुर भनेर छुट्यान सकिन्नथ्यो । थाङनाको एकातिर फिटेको कपासको अर्कोतिर रास थियो । थाङना आफ्नै हुनेले प्रति कीलो विस र मेसिन बाट किन्नेले चालीस रुपैया तिर्नुपर्ने पासवानले जानकारी दिनुभयो । बजारको भन्दा सस्तोमा आफ्ना उत्पादन रहेको पासवानले बताए ।

पुर्ण सरसफाइ अभियान चलिरहेको बेला फोहर थाङ्ना व्यवस्थापन चुनौति बनेको छ । बर्षेभेल बग्ने खोल्साहरु थाङनामय हुन्छन् । झार जंगल, काठ तथा अन्य अबरोधमा अल्झीन्छन् । त्यसले सिक् सिक् लाग्ने वातावरण बनाउछन् । घिन मान्नेहरुका लागि आफैले फालेको थाङना फोहर देखिन्छ । राम्रै चिज पनि अस्तव्यस्त भए फोहर देखिन्छ । वातावरणीय सफाईका लागि अनुपयोगि चिजको सहि व्यवस्थापन जरुरी छ । गल्ने र नगल्ने छुट्याउदा कपडालाई कता हाल्ने भन्ने अन्यौल हुन्छ । धारा, खोला र खोल्सामा फाल्दा वातावरण फोहर देखिन्छ । जलाउदो नाकले नसहने गन्ध आउछ । मेशिन आएपछि घिनलाग्दो दृश्य बाट जोगाउन सजिलो हुने अनुमान गरीएको छ । ‘थाङना सरसफाईको चुनौति बनेको थियो’ घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले भन्नुभयो ‘मेसिनले पेलेपछि काम लाग्ने भयो । फाल्न सजिलो भयो ।’ लाभ लिदै वातावरण सफा बनाउदै गर्नुपर्छ ।