कुशुम वि.क / बर्दिया
हात्तीको आक्रमण बाट बर्दियाको एक वालकको मुत्यु भएको छ । बर्दियाको सुर्यपटुवा गाविस वार्ड ९ पत्थरभोजीका १३ वर्षिय युवराज चौधरीको बर्दिया राष्ट्रिय निकुञ्जको हात्तिले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

elephantआज विहान घर बाट विद्यालय तर्फ जादै गरेका दुखिराम चौधरीका १२ वर्षिय छोरा युवराज चौधरीलाइ एक्कासी आक्रमण गरेको थियो । हात्तिको आक्रमण बाट सख्त घाइते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार हुदै केहि वेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहरा ले जानकारी दिनु भयो ।

मृतक चौधरी स्थानिय त्रिभुवन उमावि सुर्यपटुवामा कक्षा ८ मा अध्ययनरत थिए । घरबाट विद्यालय पुग्न करिब ३० मिनेटको पैदल दुरीमा पर्दछ ।