dhaniram sharma
धनिराम शर्मा ( ऋतुविचार )

धौलागिरी पश्चिमदेखि सिस्ने हिमाल पूर्वको हिमश्रृंखलाको काखमा अवस्थित अथाह पर्यटकीय सम्पदाहरुले भरिपूर्ण राप्ती क्षेत्रलाई टुरिज्म सर्किटको रुपमा विकास गर्न सकिने पर्यटन सम्वद्धहरु बताउँछन्, पर्यटनको बहुआयामले समृद्ध मानिने राप्ती पर्यटकीय सर्किट बनाउन सके पर्यटनमा तीव्र विकास गर्न सकिने उनीहरुको दावी छ, राप्ती पर्यटकीय सम्पदामा अन्य क्षेत्र भन्दा पृथक पहिचान भएकोले पनि यसको फरक अर्थ रहने उनीहरुको मत छ । पर्यटन पूर्वाधार हवाई सडक र पदमार्गको माध्यमबाट पर्यटकीय सर्किटको विकास गर्न सके राप्तीको आर्थिक विकास संभव हुने उनीहरुको धारणा छ ।

बहु पर्यटकीय सम्पदाहरुको उपयोग गर्न राप्ती टुरिज्म सर्किटको निर्माण गर्न अब ढीला गर्न नहुने उनीहरुको सुझाव छ । त्यस्को लागि सडक संजाल, पैदलमार्ग र अन्तराष्ट्रिय विमानस्थलको निर्माण सहित अन्य पर्यटकीय पूर्वाधारको विकासमा कदम उठाउन उनीहरुले सुझाएका छन् । राप्तीको भौगलिक संरचना अनुसार दाङमा अन्तराष्टिय विमान स्थल निर्माण, राप्ती लोकमागर्, शहिदमार्ग र कोइलाबास अर्खा सडक संजालको स्तरउन्नती गरि सर्किटको रुपमा विकास गर्न सकिने दावी छ । यद्यपी सांस्कृतिक, साहासिक, प्राकृतिक, कृषी र युद्ध पर्यटन जस्ता बहुपर्यटनले अब्बल मानिने क्षेत्रको उजागर हुन नसक्दा अथाह संभावनाहरु खेर गइरहेका छन् ।

20160819_084427राप्ती अन्एक्स्प्लोर्ड जोन
विद्यमान राप्ती अन्एक्स्प्लोर्ड जोन(Tourism Unexplored Zone) अथवा हिडन जोन (Hidden Zone)को रुपमा रहेको छ, (Rapti is a virgin land for Tourism)पश्चिम धवलागिरी, सिस्ने, पुथा र चुरेन लगायतका दर्जनौ हिमश्रृंखलाको काखमा अवस्थित, महाभारतखण्डका ढोरपाटन जस्ता शिकार आरक्ष, जलजला जस्ता पाटन क्षेत्रको आसपासमा मगर बस्ती रहेका छन्, त्यसैगरि दाङ देउखुरी र राप्ती आसपास बाँके बर्र्दियासम्मका विशाल मैदानी भागहरुमा रहेको थारु संस्कृति अत्यन्तै महत्वपूर्ण छन्, सानीभेरी, राप्ती, भेरी र कर्णाली जस्ता विशाल जलाधारको प्रभाव क्षेत्र, जैविक विविधताले निकै समृद्ध मानिने राप्ती पर्यटन बजारमा उजागर हुन भने सकेको छैन ।

13537655_1035771346459847_3399535925827289957_nतराईका मैदानी भागदेखि हिमदृष्य, मौलिक संस्कृति, ऐतिहासिक धार्मिक क्षेत्र स्वर्गद्वारी रिहार पाण्डवेश्वर धाम , ऐतिहासिक युद्ध सम्पदा र ऐतिहासिक दरबार, स्यार्पुताल , गौमुखी जलक्षेत्र जस्ता सम्पदाहरुले सिँगारिएको छ । तर यार्शाको उत्कृष्ट गन्तव्य, युद्ध पर्यटनको केन्द्र, किङडम अफ मगर कल्चर किङडम अफ थारु कल्चरको राज क्षेत्र, मिनी लुम्बिनी रुन्टीदेखि मिनी बोधगया स्वर्गद्धारी जस्ता अमूल्य सम्पदा पर्यटन बजारमा पुग्न सकेका छैनन् । पश्चिम धवलागिरीदेखि सिस्नेको बीच खण्डमा अवस्थित राप्ती पृथक पहिचान भएको क्षेत्र हो । यार्शाको उत्कृष्ट गन्तव्य, युद्ध पर्यटनको केन्द्र, किङडम अफ मगर कल्चर किङडम अफ थारु कल्चरको राज क्षेत्र हो, मिनी लुम्बिनी रुन्टीदेखि मिनी बोधगया स्वर्गद्धारीले राप्ती निकै वैभव छ, यद्यपी पर्यटन प्रवद्र्धन गर्न जिम्मेवारहरुको कानमा बतास नचल्दा राप्ती कस्तुरी जस्तै बासना खोजिरहेछ ।

अधूरा पूर्वाधार र प्रवद्र्धनका प्रयास
राप्तीमा हाल करिब ३ हजार किलोमिटर सडक ट्रयाक खुलेका छन्, राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गको बीच खण्डमा राप्ती पर्दछ, यी लोकमार्गलाई राप्ती लोकमार्ग, शहिदमार्ग र त्रिदेशीय पर्यटन मार्गले सिधा जोडिदिएको छ । दाङलाई जिरो ग्राउण्ड मान्दा राप्ती चक्रपथ नै बनेको छ, यसै गरि पैदलमार्गको रेखाँकन गरिएको छ, गुरिल्लापदमार्ग एक भरपर्दाे र विश्वनिय मार्ग हो, अन्नपूर्णपछिको नयाँ र वैकल्पिक पैदलमार्गको रुपममा विकास गर्न खोजिएको गुरिल्लापदमार्ग सहित अन्य पदमार्गहरुको पनि उजागर गर्ने कामहरु भैरहेका छन् । २७ दिन लामो गुरिल्लापदमार्ग सन २०१२ मा रेखाँकन भएको हो । त्यसैगरि डोमेष्टिक एयरका लागि तुल्सीपुर टरिगाँउ, रुकुम सल्ले र चौरजहारीमा विमानले सेवा दिएका छन् यद्यपी तुल्सीपुरको सेवा अनिश्चित हुने गरेको छ । होटेल्स र होमस्टेको स्थापना गर्ने प्रतिस्पर्धा छ , होटेल्सहरुमा अर्बाै लगानी गरिदै आएका छन्, ग्रामीण पर्यटनको आधार होमस्टे संचालन गर्ने गाँउमा प्रतिस्पर्धा छ पर्यटनको नयाँ सस्कार सिक्न मानिसहरु लागि परेका छन् यद्यपी पर्यटन शिक्षाको अभावमा हस्पिटालिटी र सरसफाई समस्या बन्ने गरका छन् ।

jana namuna hospitalदाङमै अन्तराष्टिय विमानस्थल किन ?
दाङ पर्यटनको प्रवेशद्वार(Gate way of Tourism), कृषीको हब( Agro-Hub) औद्योगिक करिडोर(Indsutrial corridor), विशेष आर्थिक क्षेत्र ( Special Economvic Zone – SEZ ) किङडम अफ थारु कल्चर(Kinggdom of Tharu Culture) जस्ता महत्वपूर्ण संभावनाले समृद्ध छ । संभावनाहरुलाई व्यवहारमा उतार्नका लागि महत्वपूर्ण योजना र नेतृत्व आवस्यक हुन्छ । भौगलिक आर्थिक सामरिक विकासको महत्व राख्ने दाङले राष्ट्रिय महत्वको आयोजनाको पहलकदमी लिन सके राप्तीको टुरिज्म सर्किटको सपनालाई साकार पार्न सक्छ । राप्ती टुरिज्म सर्किटको जिरो ग्राउण्ड बन्न सक्ने दाङमा आन्तरिक पर्यटक मात्र होइन बाह्य पर्यटकलाई ओराल्न सकिन्छ, यहाँबाट राप्तीका रोल्पा रुकुम, सल्यान, प्यूठान सहित कर्णाली भेरी लुम्बिनीका जिल्लाहरुसम्म पुराउन सकिन्छ । ड्राइभ टुर डोमेस्टिक एयर टुर र ट्रेक टुरको माध्यमबाट राप्तीको उपल्लो खण्डमा पर्यटक पुराउन सकिन्छ । घोराही तुल्सीपुर लमही र भालुबाङमा अत्याधुनिक होटेल आवासको स्थापना, पहाडी जिल्ला सदरमुकाममा मध्यम र ग्रामीण क्षेत्रमा घरबास कार्यक्रम संचालन गर्न सकिन्छ, जसबाट स्थानीयको जीवन सुधारसंगै समग्र मुलुकको अर्थतन्त्रमा प्रभाव पार्दछ । अपितु हामीसंग दीगो व्यवसायीक योजना र नेतृत्वको खाँचो छ,यद्यपी समग्र राप्तीको पर्यटनको दीगो विकासको लागि पहलकदमी लिने नेतृत्व र दीगो योजनाको विकास हुन सकेको छैन । जस्ले गर्दा राप्ती अथाह संभावना भएरपनि गुमनाम जस्तै छ, संस्थागत रुपमा राप्ती अंचल स्तरीय पर्यटन समिति गठन नभएको त होइन तर यस्को गतिविधि अत्यन्तै न्यून छ, समिति बन्द कोठामै रुमल्लिएको छ ।

tara-airराप्तीको मुलद्वार दाङमा अन्तराष्ट्रिय विमानस्थल बन्ने आधारहरु प्रसष्ट रहेका छन्। पर्यटनको नयाँ गन्तव्य राप्ती, आर्थिक सामरिक तथा कोर केन्द्र, पर्यटनको प्रवेशद्वार, सुरक्षित उडान, विशाल भूगोल,सडक संजालमा जेलिएको, भौगलिक सुगमता, मध्य पश्चिमको आधार क्षेत्र, औद्योगिक क्षेत्र विकासको संभावना, कृषी हबको संभावना, शैक्षिक गन्त्व्यको संभावना, प्रस्तावित प्रदेशको राजधानीको संभावना, होटेल तथा आवासको विकास गर्न सकिने, चुरेका विशाल वन क्षेत्र, पर्याबरणीय सन्तुलन र अनुकुल हावापानी इत्यादिका कारण दाङमा अन्तराष्टिय विमान स्थल बन्न सक्छ ।

निजी क्षेत्र के भन्छ ?
दाङ आर्थिक सामरिक केन्द्र मात्र होइन राप्तीकै प्रवेशद्वार हो, पर्यटन कृषी, गैर कृषी उद्योग व्यापार उद्यम इत्यादीको मुल गेट भएकोले राष्टिय तथा अन्तराष्टिय सम्बन्धलाई जोड्न आवस्यक छ । पर्यटन जस्तो सेवामूलक उद्योगको लागि राज्यले नीति बनाउने अनि निजी क्षेत्रले पहल लिनु पर्ने हुन्छ , तसर्थ विमानस्थल जस्तो पर्यटनसंग सिधा सम्बन्ध राख्ने विषयमा निजी क्षेत्र अगाडि आउनु पर्छ, यद्यपी अहिलेसम्म निजी क्षेत्र अलिक खुट्टा कमाइरहेको छ ।

hemraj banjadeनिजी क्षेत्रका अगुवा हेमराज बन्जाडेले दाङमा अन्तरािष्टय विमानस्थल बनाउनका लागि निजी क्षेत्रले वृहत छलफल गरि योजनाकासाथ अघि बढ्ने बताए । राप्तीलाई टुरिज्म सर्किटको रुपमा विकास गर्न प्रवल संभावना भएपनि पर्याप्त वहस छलपफल गरि सबैले अपनत्व लिने गरि उदेश्यमा पुग्नु पर्ने उनको कथन छ । पर्यटन विकासको लागि हवाईसेवाको भरपर्दाै विकास हुन आवस्य भएको बताउदै राप्ती टुरिज्म सर्किट बनाउनको लागि अन्तराष्ट्रिय विमानस्थलको खाँचो भएको बन्जाडेले बताए,सबै सरोकारकारवालाको छलफलबाट योजना बनाउने निजी क्षेत्रको तयारी रहेकोले जिल्लाको मात्र नभएर सबैलाई यसको महत्वको महशुस गराउन सके कार्यान्वयन गर्न सजिलो हुने उनको दावी छ ।

आर्थिक विकासको आधारसंगै प्रादेशिक राजधानीको संभावनालाई मजबुत बनाउन पनि विमानस्थल बन्न जरुरी भएको बन्जाडेले जोड दिए ।  उता दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुसुदन वैद्यले दाङमा अन्तराष्ट्रिय विमानस्थल बन्न जरुरी भको बताए, निजी क्षेत्रले यसको लागि विगतका वर्षदेखि पहल गरेपनि सरकार परिवर्तनसंगै मुद्दा प्राथमिकतामा पर्ने या नपर्ने कारणले गति लिन नसकेको बताए । एकचरण निकै छलफल तथा कागजी प्रोसेसहरु शुरु भएपनि मन्त्रीका कतिपय इच्छाले पनि प्रभाव पार्ने गरको उनका जिकिर छ , सन २०१२ मा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारले नारायणपुरमा विमानस्थल बनाउन प्रारम्भिक संभाव्यताको अध्ययन गरेको थियो , अध्ययन पछि डिटेल सर्वेगरि प्रकृया अगाडि बढाउने भनिएपनि सरकारी उदाशिनता र निजी क्षेत्रको निस्कृयताले मूर्तरुप लिन सकेन ।

के भन्छन् त पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट ?
राप्ती पर्यटनको अथाह संभावना भएको क्षेत्र भएकोले दाङमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरि राप्ती र यसको आसपास क्षेत्र समेट्ने गरि राप्ती पर्यटकीय सर्किट ( Rapti Tourism Circuit )को विकास गर्न सकिन्छ । आर्थिक समृद्धिको आधार पर्यटनलाई विकास गर्न अथाह संभावनालाई समयमै उपयोग गर्न सके राप्तीमा पर्यटनको तिव्र विकास त हुन्छ नै, राप्तीको कृषी लगायत अन्य सेवामूलक उद्यममा कायापलट गर्न सकिन्छ । पर्यटनमन्त्री हुँदा विमानस्थलको प्रारम्भिक सर्वै भएको हो, यसलाई अब डिटेल सर्वै गरि परिणामुखी कार्यान्वयन लैजान ढीला गर्न हुदैन ।
lokendra-bista-magar_newदाङ भौगलिक, आर्थिक सामरिक राजनीतिक शैक्षिक महत्वको क्षेत्र हो, पहिलो संविधानसभाको राज्य पुर्नसंरचनाको सभापति हुँदा पनि दाङलाई प्रादेशिक राजधानी बनाउने प्रस्ताव यसै आधारहरुले नै गरिएको थियो । दाङ आर्थिक प्रवेशद्वार भएकोले राप्तीका पहाडी जिल्लाका पर्यटकीय गन्तव्यहरुलाई जोडेर राप्ती पर्यटन सर्किट बनाउनेमा अब ढीला गर्नुहुदैन ।
माओवादी केन्द्रका पर्यटन फ्याक्सन इन्चार्ज समेत रहेका विष्टले भने ,दाङ जिल्लाका पार्टीहरु र निजी क्षेत्रले पहलकदमी लिनु सक्नुपर्छ । हामी सबैखाले सहयोग गर्न तयार छौ , दाङमा अन्तराष्ट्रिय विमान स्थल निर्माण हुन सके राप्ती टुरिज्म सर्किटको रुपमा विकास गरि समग्र राप्तीको आर्थिक विकास गर्न अब ढीला गर्न हुदैन ।

स्थानीय दलका नेताको जाँगर होला त ?
जिल्लाको दीगो विकासको एजेण्डा प्राय जिल्लाका ठूला दल भन्नेहरुसंग नै छैन, जिल्लाको एकिकृत विकास तथा संभावनाको खोजी गर्ने र भविष्यमा कस्तो जिल्ला बनाउने भन्नेमा उनीहरुको नीति तथा योजना भएको पाइदैन । चुनाव कसरी जित्ने भन्दा कसरी जिल्लाको विकास गर्ने भन्ने योजना नहुँदा दलीय विश्वसनीयतामा पनि प्रश्न उठेको छ । यद्यपी विकासको आवस्यकतामा विमान स्थल निर्माण जस्ता राष्टिय गौरवका आयोजनाका लागि आगामी दिनमा दलका नेतृत्वमा बुद्धी आएछ भने यस विषय दलका मुद्दा बन्न सक्ने छन् ।

Jelbang Villageविमानस्थल निर्माणको लागि दाङमा जमिन प्राप्तीको अभाव खासै छैन । ५ सय विगाहको जमिन प्राप्त गर्नलाई नागरिक तथा उड्यान प्राधिकरणलाई समस्या छैन, स्थानीय दलका नेताहरुले इमान्दारिताकासाथ सहयोग गरे सहजै छ । आश्रम र गुठी जग्गाहरु विमानस्थल निर्माणका संभावना क्षेत्र हुन् अपितु गुठी र आश्रमको जग्गा अतिक्रमण गर्नेहरुलाई दलका नेताले बुझाउन सक्नुपर्छ किन कि उनकै कार्यकर्ताले नै ऐलानी गुठी तथा आश्रमको जग्गा कब्जा गरेका छन्।

टरिगाँउ विमानस्थलको समाधान
हाल संचालनमा रहेको टरिगाँउ विमानस्थललाई घरेलु उडानको लागि प्रयोगमा ल्याउन सकिन्छ, यद्यपी विमानस्थल कुन स्थानमा बनाउने भन्ने अन्तिम भैसकेको छैन । जिल्लास्तरमा सहमति जस्तो बन्छ तेही अनुसार अन्तिम हुन सक्छ । जिल्ला सहमति र प्राविधिकको डिटेल सर्वेपछि टुँग्याउन सकिन्छ ।तर टरिगाँउको विषय लिएर अन्तराष्टिय विमानस्थल बन्ने संभावनालाई तुहाउनु कुनै पनि विकासवादी सोँच भएका मान्छेका लागि उपयुक्त हुदैन । बरु टरिगाँउलाई अझै मजबुत र निरन्तर सेवाका साथै डिपो सन्चालन गराउन पहल गरिनुपर्छ ।

IMG_6009निष्कर्ष
करिब १५ लाख राप्तीबासीको जीवन सुधारसंग प्रत्यक्ष सम्बन्ध राख्ने पर्यटनको एक आधार अन्तराष्टिय विमानस्थल निर्माण गरिनु अपरिहार्य छ । पर्यटनको अन्तराष्टिय बजारमा दाङ लगायत राप्तीको संभावना अथाह छ, तर विडम्वना दाङ आर्थिक सामरिक महत्वको कोर केन्द्र बन्ने हैसियत भएपनि विकासवादी नेतृत्वको अभावमा दाङ पछि परेको छ । विद्यमान राप्तीको मुख्य केन्द्र तथा प्रस्तावित प्रदेशको राजधानीको दावा गरिएको दाङ देउखुरी अन्तराष्टिय केन्द्र पनि बन्न सक्छ अपितु दाङबाट नेतृत्व गर्नेहरुको कानमा बतास अझै चल्न सकेन, जसका कारण दाङसंग भएको अथाह संभावना खेर गइरहेको छ । दाङ आफै कस्तुरी बनेर छटपटाइरहेको छ । विकासका ओठे भाषणहरु निस्काम बनिरहेका छन् ।

SAM_1080
विशाल भौगलिक संभावना र सांस्कृतिक सुन्दरताका अनुपम छटाले सिंगारिएपनि दाङले संभावनाको ढोका खोल्न सकेको छैन । नीतिगत कमजोरी र असक्षम राजनीतिक नेतृत्वका कारण दाङ उपत्यका सुगन्ध खोज्दै भौतारिएको कस्तुरी बनेको छ । पर्याप्त जमिन, संभावित बजार हुँदा हुदै पनि विमान स्थल बनाउने योजना अझै सार्थक बन्न सकेको छैन, दाङको जनमत बटुलेर सिंहदरबार छिर्नेहरुले पनि कहिले दाङको विकासको संभावनालाई चिन्न नसक्नु र राज्यको निकायसम्म ढोका ढकढकाउन नसक्नु नै विमानस्थलको प्रसंग यसरी सेलाउदै गएको हो ।