दाङ । आज विहान दाङ तुलसीपुरको गुल्मचोकमा सवारी दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक दाङको लमही नगरपालिका ५ निवासी ३५ वर्षिय मनोज नेपाली र ५ वर्षको छोरा मिनराजको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते ३४ वर्षिय अनुषा नेपालीको भने उपचार भइरहेको छ ।

तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई झुमरेतर्फ आउँदै गरेको रा १ ख २१९२ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर चालक शान्तिनगर गाउँपालिका ५ निवासी ३९ वर्षिय शेरबहादुर थापालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।